१ कार्तिक २०८३, आइतबार

ज्योती मगर महानगरीय प्रहरी परिसर पुगिन्, प्रहरी चकित!

8.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jyoti-magarकाठमाडौं । गायिका तथा हट मोडल ज्योती मगर बुधबार दिउँसो टेकुस्थित महानगरीय प्रहरी परिसर गएकी छन् । अज्ञात व्यक्तिले आफ्नो फेसबुक एकाउन्ट ह्याक गरिदिएपछि ज्योति प्रहरीको शरणमा पुगेकी हुन् ।

केही समयअगाडि फ्यान पेज बन्द भएपछि व्यक्तिगत एकाउन्ट मात्र चलाउँदै आएकी ज्योती त्यो पनि ह्याक भएपछि सामाजिक सञ्जालमा अपडेट हुन नपाउँदा तनावमा परेकी छन् । उनको फेसबुकमा एक लाखभन्दा बढी फलोअर छन् ।

ह्याकरले उनको फेसबुक ह्याक गरी प्रोफाइल पिक्चरदेखि टाइमलाइनसम्म अश्लिल तस्बिर र अश्लील कुरा पोष्ट गर्न थालेको छ । त्यति मात्र होइन अरुलाई जथाभावी म्यासेज पठाउने, अनफ्रेन्ड तथा ब्लक गर्न थालेको ज्योतिले प्रहरीलाई बताएकी छन् ।

उनले चाँडोभन्दा चाँडो आफ्नो फेसबुक एकाउन्ट ह्याकरबाट मुक्त गराएर र ह्याकर पत्ता लगाएर कारबाही गर्न माग गर्दै ज्योतिले उजुरी दिएको प्रहरीले जनाएको छ ।

चर्चित गायिका ज्योती मगरकै फेसबुक ह्याक भएपछि प्रहरी चकित परेको छ ।