वाशिंगटन डिसी । नेपालमा पाटन घर भएकी र हाल अमेरिकाको न्युयोर्कमा बस्दै आएकी युवा नेपाली चेली जोली अमात्यलाई सयुक्त राष्ट्र संघको यूवा सम्मेलनको लागि युवा अध्यक्ष पदमा नियुक्ति गरिएको छ ।
सयुक्त राष्ट्र संघको इतिहास मै नेपाल आमकि छोरी जोली अमात्य उक्त पदमा नियुक्त हुने सबै भन्दा कनिष्ठ तथा पहिलो नेपाली मुलकी बनेकी छिन् ।
जोली भन्छिन आफूले कहिले पनि पछाडि फर्केर हेर्नु परेका छैन । उनले भनिन, ‘नेपाल र नेपालीको नाम राख्न मैले कुनै कसर छोड्ने छैन ।’
उक्त पदमा उनी नियुक्त भएपछि ९७ राष्ट्रका १ हजारभन्दा ज्यादा सहभागीलाई आफूले नेतृत्व गर्न पाएकोमा हर्षको सीमा नै नरहेको उनले बताइन् ।
आफूले संचालन गरेको सम्मेलनमा केवल ४ जना मात्रले नेपालको प्रतिनिधित्व गरेको बताइन ।
















प्रतिक्रिया