१९ कार्तिक २०८३, बिहिबार

बस आपसमा ठोक्किदा तीनको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

चितवन, ३२ साउन । भैरहवाबाट काठमाडौँतर्फ जाँदै गरेको लु १ ख ९३६१ नंको बस र काठमाडौँबाट धरान जान आउँदै गरेको ना ४ ख ४५१६ नंको बस आज साँझ पृथ्वी राजमार्गको फिस्लिङमा एक आपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकहरुको सनाखत हुन सकेको छैन । मृतकहरुमा अन्दाजी २२ वर्षीया एक महिला, अन्दाजी ३० वर्षीय एक पुरुष र अन्दाजी तीन वर्षीय एक बालकको मृत्यु भएको हो ।

बालकको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेको उद्धार गरी उपचारका लागि केहीलाई काठमाडौँ र केहीलाई भरतपुर ल्याइँदै गरेको प्रहरीले जनाएको छ । रासस