१९ कार्तिक २०८३, बिहिबार

हाइड्रो पावर इन्जिनियरिङको पठन पाठन सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mid-western universityकाठमाडौं, ३२ साउन । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले नेपालमा पहिलो पटक हाइड्रो पावर इन्जिनियरिङको पठन पाठन सुरु गर्ने भएको छ ।

विश्वविद्यालयले आगामी कात्तिक २६ गतेदेखि केन्द्रीय कार्यालय सुर्खेतबाट अध्ययन अध्यापन सुरु गराउने जनाएको छ । त्यसका लागि आगामी भदौ ८ गतेदेखि फारम वितरण ११ गते काठमाडौं तथा सुर्खेतबाट प्रवेश परीक्षा लिइनेछ । स्नातक तहमा ४८ जनालाई अध्ययन गराउने व्यवस्था गरिएको छ ।

काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै विश्वविद्यालयले उक्त कुरा जनाएको हो । विश्वविद्यालयलका उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोइरालाले नेपालमा हाइड्रो पावरको प्रचुर सम्भावना रहेको भए पनि सो विषयमा अहिलेसम्म अध्ययन हुन नसकेकाले प्राविधिक जनशक्तिको अभाव रहेकाले पढाई सुरु गर्न लागिएको जनाए ।

विश्विद्यालयका इन्जिनियरिङ सङ्कायका डीन इञ्जिनियर अनन्तराज घिमिरेले हाइड्रो पावर इन्जिनियरिङको पढाई सुरु गरिएको भए पनि आगामी दिनमा त्यस विषयमा स्नातकोत्तरको समेत अध्यापन गराईने बताए ।

विक्रम संवत २०६७ मा स्थापना भएको विश्वविद्यालयबाट मानविकी, व्यवस्थापन, विज्ञान तथा प्रविधि, शिक्षा र इन्जिनियरिङको पढाई भने हुँदै आएको छ ।