१९ कार्तिक २०८३, बिहिबार

प्रधान सेनापति र बंगलादेशको उच्चस्तरीय टोलीबीच भेटवार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

army chief and bangladesh teamकाठमाडौं, ३२ साउन । नेपाल भ्रमणमा रहेको मित्रराष्ट्र बंगलादेशको नेशनल डिफेन्स कलेजका एयर भाइस मार्सल एम सनौल हकको नेतृत्वमा आएको भ्रमणदलले जंगी अड्डामा प्रधान सेनापति राजेन्द्र क्षत्रीसंग शिष्टाचार भेटवार्ता गरेको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार मंगलबार भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हितका बिषयमा छलफल भएको थियो । भेटवार्ता पछि भ्रमणदललाई नेपाली सेनाबारे ब्रिफिङ्ग भएको थियो भने उक्त भ्रमणदलले नेपाली सेनाका पि.एस.ओज. रथीबृन्दहरुसंग भेटघाट तथा अन्तरक्रिया समेत गरेको थियो ।

बंगलादेशी सेनाका एयर भाइस मार्सल एम सनौल हकको नेतृत्वमा २२ सदस्यीय भ्रमण दल साउन ३१ गते नेपाल भ्रमणको लागि आई पुगेको थियो । नेपाल बसाईको क्रममा उक्त भ्रमणदलले सम्माननीय प्रधानमन्त्री, दक्षिण एशियाली सहयोग संगठन (सार्क) का महासचिव तथा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्षसंग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

उक्त भ्रमणदलले भदौ १ गते शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेज तथा भदौ ३ गते नेपाली सेनाको पोखरास्थित पश्चिम पृतना हे.क्वा. र जोमसोस स्थित सैनिक उच्च शिखर शिक्षालयको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

उक्त भ्रमणदल नेपाल भ्रमण सम्पन्न गरी भदौ ५ गते फिर्ता हुने कार्यक्रम रहेको छ ।