१९ कार्तिक २०८३, बिहिबार

महाअधिवेशन प्रतिनिधि निमेष आचार्यद्धारा राजीनामा फिर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ साउन । नेपाल विद्यार्थी संघको ११ औ महाअधिवेशनका प्रतिनिधि निमेष आचार्यले पार्टी साधारण सदस्य समेत नरहने गरि दिएको राजीनामा फिर्ता लिएका छन् ।

विज्ञप्तिमार्फत पार्टी तथा यसका भातृ संगठनहरुको जिम्मेवारीमा यथावत रहेको जानकारी गराएका छन् । अधिवेशनका क्रममा विभिन्न चाकरी वाज, चाप्लुसी तथा नेताहरुको आसेपासेले मात्र अवसरहरु प्राप्त गर्ने गरेका र महाअधिवेशन नै नगरी टीके प्रथाको परम्परा देख्दा राजीनामा गरेको उल्लेख गरेका छन् ।

विज्ञप्तीमा भनिएको छ– ‘राजिनामा पश्चात वर्तमान महाअधिवेशन लाई सुचारु राख्ने र हाल संगठनमा देखीएका चाकरी, चाप्लुसी र हैकमवाद प्रथालाई अन्त्य गर्ने आश्वासन जिम्मेवार नेताहरुवाट राजिनामा पश्चात प्राप्त हुन आएको र मेरा शुभेच्छुकहरु वाट समेत मेरो उक्त गतिविधिहरु प्रति पुनः एकपटक सोच्न सझाएकाहुदा मेरा अग्रज नेता तथा नेतृत्व र साथीहरुको सहानुभुतिप्रति गम्भिर हुदै उक्त व्यक्तिवादी सोच भन्दा पनी संस्थाको मुल्य, मान्यता र सिद्धान्तहः उक्त अधिवशेन संचालन हुने पुनः अपेक्षा सहित मईले उक्त राजिनामा फिर्ता लिएको सम्पुर्ण महानुभावहरुमा जानकारी गराउनु चाहन्छु ।’

निमेस कैलाली जिल्लामा नेपाली काग्रेस तथा सामाजिक कार्यमा सक्रिय युवाका रुपमा परिचित रहेका छन् ।