१९ कार्तिक २०८३, बिहिबार

कञ्चनपुरमा लोडसेडिङ घट्ने, पुरै हटाउन कार्यदल गठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bulb-light-nepal– मोहन विष्ट

कञ्चनपुर, ३२ साउन । लोडसेडिङ्गको माग राख्दै आएको अखिल क्रान्तिकारी, जिल्ला प्रशासन कञ्चनपुर र नेपाल विद्युत प्राधिकरण महेन्द्रनगरबीच लोडसेडिङ्गका विषयमा तीन बुँदे सहमति भएको छ ।

सोमबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका त्रिपक्षीयबीच तीन बुँदे सहमति भएको अखिल क्रान्तिकारीले जनाएको छ ।

अखिल क्रान्तिकारीका नेता बिरेन्द्र राज विष्टले आन्दोलनरत, विद्युत र प्रशासन विच कञ्चनपुरमा अब दैनिक हुने लोडसेडिङ्गको समयावधी घटाएर दैनिक ८ घण्टा हुँदै आएको लोडसेडिङ्ग अब पाँच घण्टा मात्रै गर्ने सहमती भएको बताए । क्रान्तिकारी नेता विष्टका अनुसार विद्युत कार्यालयले अब दैनिक तीन घण्टा कम लोडसेडिङ्ग गर्ने सहमती जनाएको छ । यस्तै अनियमित रुपमा छिन छिनमा जनतालाई दुख दिने तरिकाले भईरहेको अनियमित लोडसेडिङ्ग पनि हट्ने छ ।

यस्तै कञ्चनपुर जिल्लालाई पूर्ण लोडसेडिङ्ग मुक्त घोषणा जिल्लाका लागि विद्युत प्राधिकरण महेन्द्रनगर शाखा कार्यालयका प्रमुख गणेश पाण्डेको संयोजकत्वमा एक कार्यदल समेत गठन गरिएको छ ।

कार्यदलले २० दिन भित्र लोडसेडिङ्ग बारे अध्ययन गरेर प्रतिवेदन तयार पार्ने छ । उक्त प्रतिवेदन कार्यान्वयन गर्नका लागि उर्जा मन्त्रालय संग समन्वय गरेर कञ्चनपुरलाई पूर्णलोडसेडिङ्ग मुक्त जिल्ला घोषणाका लागि माग गर्ने सहमती भएको छ ।

कार्यदलमा विद्युत प्राधिकरणका इन्जिनियर राकेश प्रशाद भट्ट, अत्तरिया ग्रेटका ईन्जिनियर रुपेश यादव र अखिल क्रान्तिकारीका तर्फबाट केन्द्रीय सचिवालय सदस्य चन्द्रकान्त भट्ट (सिके), केन्द्रीय सदस्य कैलासचन्द्र गिरी, कञ्चनपुरका सचिव बिरेन्द्रराज विष्ट र विद्यार्थी संगठनका तर्फबाट एक प्राविधिक राख्ने सहमती भएको छ ।

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन कञ्चनपुरले जिल्लालाई पूर्ण लोडसेडिङ्ग मुक्त जिल्ला घोषणाको माग राख्दै गत हप्ता देखि थालेको आन्दोलन थालेको थियो ।