![;~rf/ dGqLnfO{ z'esfdgf sfo{qmd ;"rgf tyf ;~rf/ dGqL ;'/]Gb|s'df/ sfsL{nfO{ g]kfn kqsf/ dxf;ª3df dªunaf/ cfof]hgf u/]sf] z'esfdgf sfo{qmddf :jfut ub}{ dxf;ª3sf cWoIf 8f dx]Gb| lji6 . tl:a/ M /Tg >]i7, /f;;](https://www.dainiknepal.com/wp-content/uploads/2016/08/suchana-mantri-1-650x433.jpg)
नेपाल पत्रकार महासङ्घले आज यहाँ आयोजना गरेको शुभकामना कार्यक्रममा मन्त्री कार्कीले समाजमा सबै खराब काम मात्र नभएको धारणा राख्दै राम्रा काम पनि भएका छन् भन्नुभयो । उहाँले आलोचना तथ्यमा आधारित हुनुपर्नेमा पनि जोड दिनुभयो ।
पत्रकार आफ्नो पेसामा कुनै पनि विचार र आस्थाबाट प्रभावित हुन नहुने धारणा राख्दै उहाँले भन्नुभयो – “पत्रकारिता मर्यादित पेसा हो, गम्भीर हुनुपर्छ । मन्त्री कार्कीले श्रमजीवी पत्रकारले न्यूनतम पारिश्रमिक पाउनुपर्ने बताउँदै सञ्चार क्षेत्रलाई उद्योगको मान्यता दिनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले दूरजराजमा बसेर सूचना प्रवाह गर्ने सञ्चारकर्मीलाई सबैले प्रोत्साहन गर्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले महासङ्घको सक्रियतामा ज्येष्ठ पत्रकारलाई मासिक रु एक हजार प्रदान गर्ने, पत्रकार परिवारलाई शैक्षिक सन्तति वृत्ति, स्वास्थ्य बिमालगायत महत्वपूर्ण कार्यक्रम अघि बढेको उल्लेख गर्नुभयो ।
उहाँले हालै सरकारले जारी गरेको आमसञ्चार नीति र सूचनाको हकको कार्यान्वयनलाई प्रभावकारी बनाउन सम्बन्धित सरकारी निकायको ध्यान पुग्नुपर्ने सुझाव दिनुभयो । महासङ्घका महासचिव उजिर मगरले सरकारले हालै घोषणा गरेको न्यूनतम पारिश्रमिक कडाइका साथ लागू हुनुपर्ने बताउँदै श्रमजीवीका पक्षमा उभिन मन्त्री कार्कीसँग आग्रह गर्नुभयो । रासस












प्रतिक्रिया