१ कार्तिक २०८३, आइतबार

विवेक र रोनाली मोडल हन्ट नेपाल

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Model Huntकाठमाडौं । काठमाडौं सिनामंगलका १८ वर्षीया विवेक खड्का र काठमाडौं थापाथलीकी २१ वर्षीया रोनाली अमात्य मोडल हन्ट नेपाल २०१६ को उपाधि चुम्न सफल भएका छन् ।

राजधानीस्थित आर्मी अफिसर्स क्लबमा शनिबार अबेर साँझ सम्पन्न अन्तिम स्पर्धामा विवेकले पुरुषतर्फको र रोनालीले महिलातर्फको उपाधि जितेका हुन् ।

६ फिट एक इन्च हाइटका विवेकले ३४ र पाँच फिट दुई इन्च हाइटकी रोनालीले २५ स्पर्धिलाई पछि पार्दै उपाधि जितेका हुन् । रोनालीले शीर्ष उपाधिका साथमा बेष्टपर्सनालिटी उपाधि समेत आफ्नो पोल्टामा पारिन् ।

दुबै शीर्ष उपाधिका बिजेताले चलचित्र, म्युजिक भिडियो अभिनय अवसर, बिभिन्न उपहारका साथमा मानेड हन्ट नेपालको एक बर्षसमम एम्बेसडर बन्ने अवसर प्राप्त गरे ।

मोडलिङ पेसालाई ब्यवसायिक एवं मर्यादित बनाउदै फेसन तथा मोडलिङ नयाँ आयामको शुरुवात गर्ने उदेश्यले गतबर्षबाट प्रतियोगी सुरु गरिएको आयोजक नेष्ट मोडलस् नेपालका अध्यक्ष रबी धमलाले बताए ।

प्रतियोगिताको यो दोस्रो संस्करण पुरुषतर्फ जुवेश डंगोल र उमेश पन्त र महिला तर्फ प्रिती मल्ल र मोनिका रामधाम क्रमशः फष्ट रनर अफ र सेकेण्ड रनर घोषित भए । दुबै उपाधि बिजेताले चलचित्र, म्युजिक भिडियो, बिज्ञापन चलचित्र अभिनयका साथमा अन्य उपहार समेत प्राप्त गरेका छन् । रनवे ,ब्यक्तित्व बिकाश, आरजे, भिजे, अन्तर्राष्ट्रिय फोटोग्राफी एबं फोटो सुट, संञ्चारकला, स्टेज पफमेन्सलगायत बिभिन्न विषयको प्रशिक्षण सहित प्रतियोगी अन्तिम स्पर्धामा उत्रिएका थिए ।

प्रतियोगितामा पुरुष तर्फ राजु लामा बेष्ट पर्सनालिटी, सुदन राज अमात्य बेष्ट फिजिक्स, बिष्णु घिमिरे मोष्टपपुलर , सिलास राई पब्लिक च्वामईस , ब्रायन कुवर बेष्टवाक, निश्चल श्रेष्ठ मोष्टफोटोजेनिक, सुदिप सिंखडा मोष्ट डिसिप्लेन, सरोज लामा मोष्टस्टाइलिस चुनिदा महिला तर्फ मोनिका रामदाम बेष्ट फिगर, एलिशा थापा मगर मोष्टपपुलर ,नितिका बुढा पब्लिक च्वामईस , प्रिती मल्ल बेष्टवाक, प्रार्थना थापा मोष्टफोटोजेनिक,बन्सिका शर्मा मोष्ट डिसिप्लेन , एलिजा भट्टराई मोष्टस्टाइलिस चुनिए ।

पुर्वमिस नेपाल उषा खड्गी , चर्चित ग्ल्यामर फोटो ग्राफर राजभाई सुवाल, बिश्वचर्चित फेसन डिजाइनर स्टेला मेरिस हाफेले, पुर्ब म्यान हन्ट तथा अभिनेता मोडल निर्जन थापालगायतको निर्णायक रहेको प्रतियोगीताको कोरियोग्राफी रोजित शाक्यले गरेका थिए ।

अहिलेसम्म आयोजना भएका मोडलितियोगीता भन्दा भिन्न स्टेजको डिजाइन तयार गरिएको प्रतियोगीता नेपाली मुलका युवायुवतीको प्रतिभा पहिचान गरी अन्तराष्ट्रिय स्तरको मोडल उत्पादन गर्न सहायक सिद्ध हुने आयोजक नेष्ट मोडलस् नेपालका कार्यकारी निर्देशक यतना पाण्डेले बताइन् ।

खचाखच दर्शकले भरिएको कार्यक्रम स्थलमा स्टेजको सजावट पनि बिशेष रहेको थियो । कार्यक्रममा उठेको रकम खर्च कटाएर बचेको रकम भक्तपुरमा रहेको सिर्जनसिल बालकल्याण केन्द्रकी अध्यक्ष उमा देबी बस्नेत प्रदान गरिएको थियो ।

रिमा बिश्वकर्मा , उतम बनेपाली, पुर्व बिजेता समिर कुवर राणा,अनिता नेपाली, मनिस राउत,नबिन न्यौपाने तथा सिवानी मल्ल लगायतको कार्यक्रममा बिभिन्न आकर्षक प्रस्तुति मार्फत सिगार्ने काम गरेका थिए ।