अमेरिका । दाङ घर भइ हाल अमेरिका बस्ने नरेश धिताल र उनकी पत्नी रन्जिता रेग्मिले आफ्नो छोरी निशिकाको जन्मदिनको फजुल खर्च कटाइ सामाजिक कार्यमा लगाएका छन् ।
धिताल परिवारले दाङमा खानेपानी योजनाका लागि सहयोग गरेका हुन् । युगले जित्ने अभियान कोही पनि हार्नु नपर्ने कोही पनि मर्नु नपर्ने दुनियाँले जित्ने पवित्र अभियान भन्दै दाङको लक्ष्मीपुर गाविस सुनपुर दाङमा चलिरहेको करोड पानी अभियानलाई वीस हजार रुपैयाँ उपलब्ध गराइएको हो ।
सो रकम नारायण धितालमार्फत सुनपुर खानेपानी सरसफाइ उपभोक्ता समितिका अध्यक्ष प्रेम केसीलाई प्रदान गरिएको छ ।
आफ्नै छोरा निरोनको जन्मदिनको अवसर पारेर हाल न्युजिल्यान्ड बस्ने सरु हेक्का र निर्मल क्षत्रीले पनि सहयोग गरिसकेका छन् ।
अभियानलाई साथ दिएकोमा सुनपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष प्रेम केसीले धन्यावाद पनि दिएका छन् ।















प्रतिक्रिया