स्विजरल्याण्ड । गैर आवासीय नेपाली संघ स्विजरल्याण्डले नेपाली महिलाहरुको महान पर्ब हरितालिका तीजको अवसरमा भब्य कार्यक्रम गर्ने भएको छ ।
संघकी उपाध्यक्ष सीमा गौतमको संयोजकत्वमा तीज कार्यक्रम यहि २७ तारिखका दिन स्विजरल्याण्डको आराउमा हुने भएको हो ।
नेपाली महिलाहरुको महान चाड प्रबासमा पनि आफ्नो कला र संस्कृति झल्कने तीज बिशेष कार्यक्रम स्विजरल्याण्डको आराउ सहरमा अगस्ट २७ शनिबार दिनको ठीक ३ बजेदेखि हुनेछ ।
एनआरएन स्विजरल्याण्डको बैठकले प्रवेश शूल्क तथा खानाको लागि महिलाहरुलाई निःशुल्क गरिने भएको छ । पुरुषहरुको लागि सहयोग स्वरुप २० फ्र्यांक लिने सहमति भएको छ ।
एनआरएन स्विजरल्याण्डले पहिलो पटक आयोजना गर्ने भएको हरितालिका तीजको कार्यक्रममा रमणीय तीज गीत र नाचगान सहित भब्यतापूर्बक मनाइने तयारी भइरहेको छ ।
यसअघि लगभग १० वर्षदेखि तीज कार्यक्रम गर्दै आएकी बिजया भट्टले यो सालबाट तीज कार्यक्रम गर्न एनआरएन स्विजरल्याण्डलाई जिम्मा दिएकी छिन् ।
नेपाली संस्कार, रितिरिवाज र परम्परालाई उजागर गर्ने उद्देश्यले विगतमा विभिन्न चाड पर्व, कला तथा संस्कृति झल्काउने कार्यक्रम गरे जस्तै यस पटक पनि महिलाहरुको पर्व तीज मनाउने निर्णय एनआरएन स्विजरल्याण्डको बैठक बहुमतले पारित गरेको छ ।
















प्रतिक्रिया