१ कार्तिक २०८३, शनिबार

नेपालले नेदरल्याण्ड्सलाई दियो २१८ रनको लक्ष्य, जित्नैपर्ने दबाब

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-cricket-paras

काठमाडौं, ३१ साउन । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको दोस्रो खेलमा नेपालले २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

आमस्ट्रडम मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले पूरा ओभर खेल्दै ९ विकेटको क्षतिमा २१७ रन बनायो । नेपालका लागि कप्तान पारस खड्काले उत्कृष्ट प्रदर्शन गर्दै ९४ रनमा ८४ रन बनाए । सागर पुनले ४५ रन, ज्ञानेन्द्र मल्लले ३९ रन जोडे ।

नेपालका अनिल मण्डल ४ रनमा र शरद भेषावकर ६ रनमा आउट भएका थिए । राजु रिजाल बिना रन आउट भए । यस्तै सोमपाल कामी २ रन, विनोद भण्डारी १७ रन र बसन्त रेग्मी ४ रन बनाएर आउट भए ।

नेदरल्याण्डससँग शनिबार भएको पहिलो खेल हारेपछि नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । अंक तालिकाको छैठौं स्थानमा रहेको नेपाललाई सन् २०१८ को एक दिवसीय विश्वकपको छनौट खेल्ने आशा जिवितै राख्न यो खेल महत्वपूर्ण छ । शीर्ष चारमा पर्ने टोलीले विश्वकपको छनौट खेल्न पाउनेछन् ।