१९ कार्तिक २०८३, बिहिबार

खोलाले बगाएर दुईको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा, ३१ साउन । रसुवाको ठूलोगाउँ र नुवाकोटको मनकामना गाविसबीच भई बग्ने अँधेरीखोलाले बगाउँदा एकै घरका दुईजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरीप्रमुख तथा प्रहरी नायब उपरीक्षक ठइन्द्र प्रसाईंका अनुसार मृत्यु हुनेमा रसुवा ठूलोगाउँ–६ का ५१ वर्षीय नरबहादुर तामाङ र ४१ वर्षीय सुनिता तामाङ रहेका छन् । उनीहरु श्रीमान् श्रीमती भएको बताइएको छ ।

दुवैजना आफन्तकहाँबाट घर फर्कंदै गर्दा वर्षाका कारण ठाडोखोलामा भल आई बगाइलगेको अनुमान गरिएको छ । स्थानीय बासिन्दाको सहयोगमा निकालिएको शव परीक्षणका लागि आज नुवाकोटको त्रिशूली अस्पतालमा पठाइएको प्रहरी प्रमुख प्रसाईंले जानकारी दिनुभयो । रासस