१ कार्तिक २०८३, शनिबार

महासंघ कतारले २२औँ विश्व आदिवासी दिवस मनायो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

14दोहा, कतार । नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले “पहिचान र अधिकारसहितको संघीयता आदिवासी जनजातिको अडान, अपुरो र अधुरो संविधान संशोधनको लागि हाम्रो साझा अभियान” भन्ने मूल नाराका साथ २२औं विश्व आदिवासी दिवस विविध साँस्कृतिक झाकीसहित महासंघका अध्यक्ष सीयाराम चौधरीको अध्यक्षतामा सम्पन्न भएको छ ।

महासंघ कतारका संस्थापक सदस्य तथा विशेष सल्लाहकार दिल किरण खजुमको प्रमुख अतिथ्यमा सम्पन्न भएको कार्यक्रममा विशेष अतिथिहरुमा गैर आवसिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद गल्फ सहसंयोजक उमेश अधिकारी, गैर आवसिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य विनोद भट्टराई, गैर आवसिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका कोअपटेड सदस्य आर.के. शर्मा, गैर आवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष विनेश तामाङ्ग, रहेका थिए ।

अतिथिहरुका महासंघका संस्थापक सदस्य तथा सल्लाहकार विल गुरुङ, संस्थापक सदस्य तथा सल्लाहकार सुक वहादुर तामाङ्ग, सल्लाहकार चन्द्रशेर राई, नेपाली जनसम्पर्क समितिका सभापति केशव भुषाल, प्रवासी नेपाली मञ्चका उपसचिव मुनाफ मीया, नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष शनिकुमार ओली, कतार नेपाली एकता समाजका महासचिव खिम वहादुर वुढा मगर, तराई मधेस लोकतान्त्रिक मञ्चका अध्यक्ष हुसेन खान, नेपाली संघीय समाज फोरमका सदस्य हीराधन राई, जनमुक्ति मञ्चका अध्यक्ष राज खम्वु, संघीय लिम्वुवान मञ्चका महासचिव तिल विक्रम थेवे, समाजसेवी तथा वुद्धिजीवीमा कमल मणि गुरागाईं, मुक्तादा मुसलमान, अखतार हुसेन, चानक पोखरेल, क्रान्ति सिंह, नवीन पोखरेल, धिराज चाम्लीङ्ग, तेज कटुवाल, गुरुनारायाण रानाभाट, द्रोण वस्नेत, छविरमण कटुवाल रहेका थिए ।

मातृसंस्थाहरुमा नेपाल मगर संघ शाखा कतारका अध्यक्ष महेन्द्र थापा मगर, किरात याक्थुङ चुम्लुङका अध्यक्ष मनकुमार आङवो, तमु समाजका अध्यक्ष खेम गुरुङ, किरात राई यायोक्खाका अध्यक्ष अमृत कुमार राई, नेपाल प्रवासी तामाङ्ग समाजका अध्यक्ष थर्चा लामा, प्रवासी भुजेल समाजका अध्यक्ष नियम भुजेल, थारु कल्याणकारिणी सभाका उपसभापति सत्य नारायण चौधरी, नेवा पुचका अध्यक्ष उपेन्द्र रत्न शाक्य, सुनुवार सेवा समाजका अध्यक्ष सोम सुनुवार, माझी सेवा समाजका अध्यक्ष रामचन्द्र माझी, नेपाली धानुक सेवा समाजका अध्यक्ष रामकुमार मण्डल रहेका थिए ।

नेपाली महिला समाजका उपाध्यक्ष संगीता लामा, नेपाली मुस्लिम समाजका अध्यक्ष अव्दुल हाफिज, नेपाल पत्रकार महासंघ शाखाका सभापति गणेश वञ्जाडे, लगायत दर्जनौं जिल्ला संघ संस्थाका प्रतिनिधीहरु तथा पत्रकारहरुको वाक्लो उपस्थिती रहेका थियो ।