महोत्तरी, ३० साउन । सङ्घीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले संविधानका विषयको टुङ्गो नलगाई राज्य पुनःसंरचना आयोगको काम अगाडि नबढाउन सरकारलाई आग्रह गर्नुभएको छ ।
सदरमुकाम जलेश्वरमा पत्रकारसँगको कुराकानीमा अध्यक्ष यादवले अघिल्लो सरकारले अगाडि बढाएको सिमाङ्कनको कार्यलाई तत्काल बन्द गर्नुपर्ने बताउनुभयो ।
माओवादी केन्द्रका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्रीसहित नेपाली काँग्रेससँग भएको तीन बुँदे सहमतिअन्तर्गत आफूहरुले प्रधानमन्त्रीको निर्वाचनमा भोट खसालेर एकबुँदे पालना गरिसकेको बताउनुहुँदै उहाँले सरकारले दुई बुँदा सहमति पालना गर्छ कि गर्दैनन् भन्ने हेर र पर्खको स्थितिमा रहेको स्पष्ट गर्नुभयो ।
देश अहिले सङ्क्रमणकालीन अवस्थाको अत्यन्तै जटिल मोडमा रहेको बताउनुहुँदै अध्यक्ष यादवले देशमा निर्यात पूर्णतः ठप्प रहेको तथा आयात ९२ प्रतिशतभन्दा बढिरहेका अवस्थामा देशलाई निकास दिनुपर्नेमा जोड दिनुभयो । रासस












प्रतिक्रिया