१९ कार्तिक २०८३, बिहिबार

बैतडीमा श्रीमतीको हत्या गरी श्रीमान्द्वारा आत्महत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, ३० साउन । बैतडीमा आज दिउँसो ३ः३० बजे श्रीमतीको हत्या गरी श्रीमान्ले आत्महत्या गरेका छन् ।

पाटन नगरपालिका–९ कुलडाका २६ वर्षीय कमल बोहराले आफ्नी श्रीमती इन्दु बोहराको हत्या गरेका हुन् भने आफूले पनि आत्महत्या गरेको प्रहरी निरीक्षक सुरेन्द्र बमले जानकारी दिनुभयोे ।

श्रीमान् र श्रीमतीमा घरायसी विवाद भएपछि हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटनाका विषयमा अनुसन्धान गर्न अहिले प्रहरी निरीक्षक नेतृत्वको एक प्रहरी टोली घटनास्थलतर्फ गएको र प्रहरी टोली त्यहाँ पुगेपछि मात्रै थप विवरण आउने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । रासस