१९ कार्तिक २०८३, बिहिबार

महाधिवेशन सुचारु गर्न माग गर्दै पार्टी कार्यालय घेराउ, कोही बिरोधमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nain-sing-manojmani-and-kumdan

काठमाडौं, ३० साउन । उद्घाटन भएर ‘अन्यौल’मा पारिएको नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन चाँडो सम्पन्न गर्न दबाब सुरु भएको छ ।

साउन २३ गते पार्टी सभापति शेरबहादुर देउवासहित रामचन्द्र पौडेल लगायतका नेताहरूको उपस्थितिमा उद्घाटन भएको महाधिवेशन ८ दिन बितिसक्दा पनि कुनै टुङ्गोमा पुगेको छैन ।

दशकपछि हुन लागेको महाधिवेशनमा भाग लिन उत्साहकासाथ राजधानी आएका विद्यार्थी नेता तथा प्रतिनिधिहरू निराश र दिक्दार भएका छन् । उनीहरू महाधिवेशनबाट नयाँ नेतृत्व र नेविसंघमा नयाँ जीवनको आसा गरेर राजधानी छिरेपनि अहिले आएर बस्न खानकै समस्या भएको बताउन थालेका छन् ।

महाधिवेशन आयोजक समितिले लिखित रुपमा प्रक्रिया अगाडि बढाएर प्रतिनिधिको बिवाद समाधान गरे पनि निर्वाचनको परिणाम आफ्नो पक्षमा नआउने देखेपछि पार्टीभित्र कै एउटा खेमा निर्वाचन भाँड्ने निस्कर्षमा पुगेको स्रोतले बतायो ।

पार्टी जीवनको बलियो नर्शरी, लोकतन्त्रको सुन्दर बगैचालाई एक दशकदेखि बन्जर र रुग्ण बनाइएको र फेरि पनि त्यही नियति दोहो¥याउने खेलमा एउटा पक्ष लागेको भन्दै बिरोध सुरु भएको हो ।

जारी नेविसंघको महाधिवेशनलाई लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न गर्नुपर्ने माग राख्दै अध्यक्ष पदका बलिया प्रत्यासी नैनसिंह महरको नेतृत्वमा आज सानेपास्थित कांग्रेको पार्टी कार्यालय घेराउ गरिएको छ ।

तीन हजारभन्दा बढी प्रतिनिधि र आकांक्षीहरू राजधानीमा आठ दिनदेखि अलपत्र पारिएको भन्दै पार्टी कार्यालय पुगेका प्रतिनिधिहरूले विरोध गरेका थिए । ‘कांग्रेसको बलियो जग भनेकै यसका विभिन्न भातृ निकायहरू हुन्’, निवर्तमान उपाध्यक्ष तथा अध्यक्ष पदका प्रत्यासी महरले भने, ‘करिब एक दशकदेखि पार्टीका भातृ संगठनहरू निस्क्रिय मात्रै होइन प्राणहीन बनाइए । त्यही तत्वले अहिले पनि महाधिवेशन भाँड्ने षडयन्त्र गरिरहेको छ ।’

लोकतन्त्रमा जीत र हार स्वभाविक प्रक्रिया भए पनि निर्वाचन कमिटिले नै गरेको निणर्यका विपरित एउटा तत्व लागिपरेको उनले बताए । देशभरबाट महाधिवेशनमा भागलिन आएका करिब दुई हजार प्रतिनिधि र विद्यार्थी नेताले पार्टी कार्यालयमा महाधिवेशन अविलम्ब सम्पन्न गर्न नाराबाजी र जुलुस गरेका थिए ।

नेविसंघको जारी महाधिवेशनमा निर्वाचन प्रक्रिया चाँढो सुरु गर्न पार्टी कार्यालयमा ठूलो संख्याका प्रतिनिधिहरूले दबाव दिइरहेका बेला यता रामचन्द्र पौडेल निकट देखिएका केही प्रत्यासीहरूले भने निर्वाचन हुन नहुने विचार राखिरहेका थिए ।

महाधिवेशनका लागि भागबन्डा मिलाएर शनिबार प्रकाशन गरिएको मतदाता नामावली फर्जी भएको बहानाबाजी गर्दै उनीहरूले रिपोटर्स क्लबको माइकमा महाधिवेशन हुनै नहुने विचार राखेका थिए । शनिबार फाइनल सूची निकालिएका ३७६० जना प्रतिनिधिहरू, ‘ट्यापे’, ‘खाते’, ‘खलाँसी’, ‘गुण्डा’ र ‘लफंगा’ भएको उनीहरू बताइरहेका थिए ।

आयोजक समिति र निर्वाचन कमिटिले अध्यक्षका प्रत्यासीहरूको सहमतिमै ल्याएको सूचीको बिरोध गर्दै महाधिवेशन रोक्नुपर्ने माग राख्नेमा अध्यक्षका प्रत्यासी मनोजमणि आचार्यले, अध्यक्षका अर्का प्रत्यासी दिपक भट्टराई, त्यस्तै विनिता अधिकारी, क्षितिज भण्डारी, निलकण्ठ रिजाल, आनन्द त्रिपाठी, पदमराज पन्त र महामन्त्रीका प्रत्यासी हिमालदत्त श्रेष्ठ थिए ।

लोकतान्त्रिक प्रक्रियामा उद्घाटन भएर निर्वाता तालिका समेत सार्वजनिक भइसकेपछि महाधिवेशन रद्द गर्नुपर्ने माग राख्नु अलोकतान्त्रि चरित्र भएको अध्यक्षका प्रत्यासी महरले भने । ‘चुनाव भनेकै जीत र हार स्वीकार्नका लागि हो’, उनले भने, ‘आफ्नो पक्षमा देख्दा अगाडि बढ्ने र आफूलाई कमजोर महसूस गर्दा प्रजातान्त्रिक प्रक्रिया नै कुल्चन खोज्ने प्रवृति लोकतान्त्रिक संस्कार होइन ।’