अमेरिका । नेपालमा शान्ति, विकाश र आर्थिक समृद्धिका लागि सहयोग गर्ने उद्देश्यले अमेरिकामा इन्टरनेशनल नेपलिज सोसाइटी अमेरिकाको गठन गरिएको छ ।
अमेरिकाको गैरनाफामुलक संस्थाको कानुन अनुसार न्युयोर्कमा दर्ता गरिएको यो संस्थाका प्रमुख सल्लाहकार डाक्टर बाबुराम भट्टराई र नवराज सुवेदी रहेका छन् ।
संस्थाका सल्लाहकारहरुमा शंकर भण्डारी, किशोर पन्थी, केशव भट्टराई, शिव गौतम र डा.जीत जोशी रहेका छन् ।
इन्टरनेशनल नेपलिज सोसाइटी अमेरिकाका संयोजक ज्ञानप्रसाद रिमाल र सहसंयोजक विनय पोखरेल रहेको कार्यक्रमका प्रमुख डा.रमेश कुमार आचार्य रहेका छन् ।
सदस्यहरुमा मेघासिंह अधिकारी, उदय केसी, अनिता सिलवाल, लोकनाथ मिश्र र विभा दवाडी रहेका छन् ।
अन्य सदस्यहरु क्रमश थप्दै जाने र यथाशीघ्र भेलाको आयोजना गरी पूर्णरुपको कार्यसमिति निर्माण गरिनेछ ।
इन्टरनेशनल नेपलिज सोसाइटी अमेरिकाका प्रमुख सल्लाहकार डा.बाबुराम भट्टराई नयाँ शक्ति पार्टी नेपालका संयोजक हुन् । नवराज सुवेदी प्रवास प्रादेशिक समितिमा संयोजक हुन् ।
संस्थाका सल्लाहकार शंकर भण्डारी नयाँ शक्तिका प्रवास प्रादेशिक समितिका सहसंयोजक हुन् ।















प्रतिक्रिया