काठमाडौँ, २९ साउन । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि भारतीय राजदूत रणजित रायबीच आज भेटवार्ता भएको छ ।
उपप्रधानमन्त्रीको सरकारी निवास पुल्चोकमा भएको भेटवार्ता निधिको आसन्न भारत भ्रमणमा केन्द्रित रहेको उहाँका स्वकीय सचिव विश्वास विक्रमले जानकारी दिनुभयो ।
भ्रमणका क्रममा हुने भेटवार्ता र कार्यसूचीका विषयमा भेटमा छलफल भएको थियो ।
सरकारले गत बिहीबार प्रधानमन्त्रीको विशेष दूतका रुपमा उपप्रधानमन्त्री निधिलाई भारत र उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई चीन पठाउने निर्णय गरेको थियो । रासस












प्रतिक्रिया