१ कार्तिक २०८३, आइतबार

स्थानीय निकायको संख्या बढाउन कांग्रेसका जिल्ला सभापतिहरूको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shekhar-koiralaकाठमाडौं, २९ साउन । कांग्रेसका जिल्ला सभापतिहरूले स्थानीय निकायको पुनर्संरचना गर्दा संख्याका साथै भौगोलिकतामा ध्यान दिनुपर्ने माग गरेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य डा.शेखर कोइरालाले शुक्रबार काठमाडौंमा बोलाउनु भएको जिल्ला सभापतिहरूको भेलामा सहभागीहरूले कम्तिमा एक हजार स्थानीय निकाय बनाउन माग गरेका हुन् । सहभागी सभापतिहरूका अनुसार ठूलो गाविस र नगरपालिकाहरू बनाउँदा त्यसले जनतालाई प्रशासनिक झन्झट हुने धारणा राखेका हुन् ।

जिल्ला सभापतिहरूको सुझावअनुसार डा.कोइरालाले पार्टीमा कुरा राख्ने बताएका छन् ।

डा.कोइरालाले पार्टी नेतृत्व जिल्ला सभापतिहरूको सुझावअनुसार अगाडि बढ्नुपर्ने बताएका थिए ।

जिल्ला सभापतिहरूको भेलामा करीव १५ जिल्लाका सभापतिहरू सहभागी रहेको स्रोतले जनाएको छ । भेलामा डा.कोइराला निकटका केही नेताहरूको सहभागिता रहेको थियो ।