१९ कार्तिक २०८३, बिहिबार

सदरमुकाम बचाउन उदयपुरमा बाँध निर्माण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baadha-udayapur

उदयपुर २९ साउन । उदयपुरको सदरमुकाम गाईघाट वचाउका लागि स्थानीयले बाँध निर्माण र वृक्षारोपणमा तिव्रता दिएका छन् ।

बर्षेनी अविरल बर्षासँगै स्थानीय वरुवा नदीमा आएको बाढीले सदरमुकाम क्षेत्र जोखिममा पर्नुकासाथै सर्वसाधरणको खेतीयोग्य जमिन वगरमा परिणत हुन थालेपछि स्थानीयले न्युनिकरणका लागि बाँध निर्माण र वृक्षारोपणमा चासो दिएका हुन् ।

स्थानीयले सांसद मन्जुकुमारी चौधरीको २ नम्बर निर्वाचन क्षेत्रविकास कोषअन्र्तगत ९ लाख र जनश्रमदान २ लाख गरी ११ लाख, विकासका लागि शान्ति कार्यक्रम अन्र्तगत शान्ति तथा पुर्ननिर्माण मन्त्रालयको २ लाख ६० हजार र जलउत्पन्न प्रकोप लाहानको १ सय ३० वटा तारजाली सहयोगमा ३ सय ५० मिटर तटबाँध निर्माण गरेको स्थानीय समितिका अध्यक्ष भरतकुमार श्रेष्ठले बताए ।

यसकासाथै नदीकिनारामा विभिन्न प्रजातिका ५ सय बोट विरुवा रोपिएका छन् । नदीले बर्षेनी धार परिवर्तन गर्दा पछिल्लो समय सदरमुकाम जोखिमसँगै स्थानीयको हजारौ खेतीयोग्य जमिन कटान र वगरमा परिणत हुन थालेपछि नदी नियन्त्रणको उपाय खोजिएको सचिब विनोद पौडेलले जानकारी दिए ।

नदी कटानको मर्कामा परेका सर्वसाधरणले गाईघाट बचाउ अभियानको थालनी गरी विभिन्न निकायसँग सहयोगको हात थापेर संरक्षणमा जुटेको समितिका सल्लाहकार जितबहादुर खड्काले बताए ।

बरुवा नदी उदयपुरको सदरमुकाम गाईघाट बजारलार्इं छोएर वग्ने गरेको छ । नदीका कारण बर्षेनी आँधा दर्जन परिवार विस्थापित हुनका साथै सयौँ विघा जमिन वालुमा परिणत हुने गरेका छन् ।