१ कार्तिक २०८३, आइतबार

आसितेज एसियाली बैठकमा नेपालबाट दिपर्सन जंग राणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Diparsanjung-ranaकाठमाडौं । बाल रंगमञ्चसम्बन्धि अन्तर्राष्ट्रिय संस्था आसितेज इन्टरनेशनल (इन्टरनेशनल एसोसियशन अफ थिएटर फर चिल्ड्रेन एण्ड योंग पिपुल)को एसियाली बैठक यसपटक श्रीलंकाको कोलम्बोमा हुँदैछ । बालबालिकालाई नाटकघर लैजाऔं, उनीहरु पनि सुन्न, देख्न, महसुस गर्न र कल्पना गर्न सक्छन् भन्ने अन्तर्राष्ट्रिय अभियान चलाइरहेको यस संस्थाको नेपाल पनि सदस्य राष्ट्रको हैसियतबाट सो बैठकमा सहभागी हुँदैछ ।

रंगमञ्चमार्फत एकीकृत जीवनः Integrated Living Through Theatre को अवधारणामा हुने यस भेलामा नेपालबाट दशकभन्दा बढी समयदेखि कलाकारिता गरिरहेका र नेपालमा बाल रंगमञ्चको प्रवर्द्धनमा लागिरहेका कलाकार दिपर्सन जंग राणा कोलम्बोमा हुने आसितेज एसिया मिटिङमा सहभागी हुनु हुँदैछ । सो मिटिङ अगस्ट १८ देखि २० सम्म तीन दिन चल्नेछ । सन् २०१० मा जापानबाट सुरु भएको असितेज एसिया भेला, चीन, जापान, कोरिया, भारत हुँदै यसपटक छैटौं आसितेज एसिया भेला श्रीलंकामा हुन लागेको हो ।

यस भेलामा नेपालसंगै अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, सिंगापुर, चीन, भारत, पाकिस्तान, बंगलादेश, थाइल्याण्ड सहभागी हुनेछन् । नेपालका तर्फबाट दिपर्सन जंग राणाले नेपालमा भइरहेका समग्र रंगमञ्चको गतिविधि तथा बाल रंगमञ्चमा प्रयास गरिएका गतिविधिहरुको प्रतिवेदन समेत प्रस्तुत गर्नु हुनेछ । साथै बैठकमा दक्षिण एसियाको विकसिल राष्ट्र नेपालका बालबालिकाका समस्याहरुलाई रंगमञ्चमार्फत कसरी समाधानमा सहयोग गर्न सकिन्छ भन्ने अवधारणा पत्र समेत प्रस्तुत हुनेछ । बैठकका लागि राणा भाद्र १ (अगस्ट १७) मा कोलम्बो जा“दैछन् ।

सन् १९६५ मा फ्रान्सको पेरिसमा युरोपेली बाल रंगमञ्चमा लागिरहेका रंगकर्मीहरुले स्थापना गरेको आसितेज इन्टरनेशल संयुक्त राष्ट्रसंघको युनेस्को र इन्टरनेशनल थिएटर इन्स्टिच्युटसंग पनि आवद्ध संस्था हो । नेपालले सन् २००२ मा यसको सदस्यता लिएको थियो । हाल ९० भन्दा देशमा आसितेज इन्टरनेशनलको बाल रंगमञ्च प्रबद्र्धनको अभियान चलिरहेको छ ।

राष्ट्रिय नाचघरमा अग्रज रंगकर्मी सुनिल पोखरेल, अनुप बराल, वीरेन्द्र हमाल लगायतबाट प्रशिक्षित हुँदै नेपाली रंगकर्ममा प्रवेश गरेका दिपर्सन जंग राणाले सन् २००२ मा आसितेज नेपाल स्थापना गर्दै नेपालमा शून्यप्राय बालरंगमञ्चको विकास र प्रवद्र्धन गर्दै आउनु भएको छ । यसअघि आसितेजका कोरिया, स्विट्जरल्याण्ड, जापान, भारत, अस्ट्रेलियाका अन्तर्राष्ट्रिय महोत्सव र भेलाहरुमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भइसक्नुभएका राणा यसपटक कोलम्बोल जाने तयारीमा हुनुहुन्छ ।