१९ कार्तिक २०८३, बिहिबार

तनहुँमा भाइरल ज्वरोका बिरामी बढे

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Treat-Viral-Infectionतनहुँ, २९ साउन । तनहुँ जिल्लाको सदरमुकामस्थित दमौली अस्पतालमा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेकाछन् ।

‘सिजन फ्लु’का कारण हुने भाइरल ज्वरोबाट मानिस प्रभावित हुने गरेको दमौली अस्पतालका प्रमुख डा पवनजङ्ग रायमाझीले जानकारी दिनुभयो ।

उक्त अस्पतालमा दैनिक १५० देखि २०० सम्म भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेको डा रायमाझीले बताउनुभयो ।

सरकारी अस्पतालमा मात्रै नभई प्राइभेट क्लिनिकमा पनि भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको दमौली अनशन चौतारीस्थित शीतल आयुर्वेद फर्मका सञ्चालक दीपकचन्द्र भट्टराईले बताउनुभयो । रासस