१ कार्तिक २०८३, शनिबार

लताको चित्र अमेरिकन लेखकको किताबको आबरणमा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

FotoFlexer_Photo– विजय थापा

वाशिंगटन डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा बसोबास गर्ने प्रख्यात लेखक ड्यारेन डडसनले आफूले प्रकाशित गरेको पुस्तकमा नेपाली चेली लता गौडेलले बनाएको चित्रलाई मुख्य पृष्ठमा प्रकाशित गरेका छन् ।

भर्जिनियाको स्यानटिली शहरमा बसोबास गर्दै आएकी १७ वर्षीया ११ कक्षा उत्तीर्ण गौडेलले आफूले बनाएको चित्र यसरी अमेरिकन पुस्तकमा छापिएकोमा हर्ष व्यक्त गरिन ।

लेखक डडसनको साइकामोर, ए फेरीटेल टरटल नामक पुस्तकमा प्रकाशित भए पछि अरु चिजभन्दा पनि एउटा मौका मात्र पाएको बताइन ।

ड्यारेन डडसन बिएश गरी बालबालिकाहरुका लागि निरन्तर लेख्दै आएका छन् । उनी विश्व भरका मुख्य मनोरंजन, चिडियाखाना तथा जल जीवालय आदिका कला निर्देशक पनि हुन् ।

उनले उक्त पुस्तकमा पात्रहरु डिजे, जोजो, साईकामोर तथा कछुवाले सगरमाथा तथा काठमाडौँको यात्रा गरेको सम्बन्धि काल्पनिक कथा प्रस्तुत गरेका छन् ।

यस पुस्तकले अमेरिका आएका बालबालिका तथा अमेरिकामा जन्मेका दोश्रो पुस्तालाई निकै मनोरंजन दिने तथा केहि ज्ञान समेत दिने विश्वास गरिएको छ ।

लेखक ड्यारेन डडसनले उनको पुस्तकलाई प्रकाशित गर्न ठूलो भूमिका निर्वाह गर्ने नेपाली मूलका जग्गनाथ शर्मालाई बिशेष धन्यबाद दिएका छन् ।