यूएई । गैर आवासीय नेपाली संघ एनआरएनए रासअलखेमा क्षेत्रीय समिति र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ईनास रासअलखेमा क्षेत्रीय समितिको संयुक्त आयोजनामा तीजको अवसर पारेर नेपाली तीज महोत्सव तथा सम्मान साँझ २०७३ कार्यक्रम गर्ने भएका छन् ।
आउँदो ०२ सेप्टेम्बर २०१६ शुक्रबारका दिन रासअलखेमास्थित मिनिस्ट्री अफ कल्चरको सरकारी थिएटर हलमा हुन गईरहेको सो कार्यक्रममा सहभागी हुनका लागि नेपालबाट चर्चित लोकदोहोरी गायक नवीन पौडेल, पछिल्लो समय स्टेज कार्यक्रमहरुमा उत्तेजक हर्कत देखाएर आफ्नो पहिरन र जवानीले निकै चर्चित बनेकी सेक्सी गायिका ज्योति मगर र लोक दोहोरी गायिका गंगा धर्ती आउन लागेका हुन् ।
पत्रकार मनोज श्रेष्ठ पनि सोही कार्यक्रमका लागि नेपालबाट आउनेछन् । नेपालबाट आउने अतिथी कलाकारहरुसँगै रोजगारीको शिलशिलामा यूएईमा कार्यरत स्थानीय कलाकारहरुको धमाकेदार प्रस्तुति रहनेछ ।
कार्यक्रम भब्यताका साथ सफल पार्न गत २९ जुलाई २०१६ शुक्रबार दिन बसेको एनआरएनए रासअलखेमा र ईनास रासअलखेमाको संयुक्त बैठकले २ सेप्टेम्बरमा हुन लागेको नेपाली तीज महोत्सव तथा सम्मान साँझ २०७३ कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा टेवा पुर्याई रहेका निम्न संस्था तथा ब्यक्तीहरूलाई सम्मान गरिने अन्तराष्ट्रिय नेपाली कलाकार समाज ईनास यूएईका महासचिब राम तामाङले जानकारी दिए ।
















प्रतिक्रिया