१९ कार्तिक २०८३, बिहिबार

राष्ट्रपतिसँग बेलायतका राजदूतको भेट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

President Bidhya Devi Bhandari

काठमाडौँ, २८ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि संयुक्त अधिराज्य (यूके)का राजदूत रिचार्ड मोर्रिसले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

राष्ट्रपति भवन, शीतल निवासमा भएको भेटमा राजदूतले बेलायती सेनामा कार्यरत गोर्खा ब्रिगेडको सन् २०१५ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ध्रुवराज आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राजदूतले सो प्रतिवेदनका बारेमा संक्षिप्त रुपमा राष्ट्रपतिलाई अवगत समेत गराउनुभएको थियो । रासस