१ कार्तिक २०८३, शनिबार

बेलायतमा राप्तीवासीहरुको भेला सम्पन्न

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

13680533_1043951335690198_7869841325544322954_nलन्डन, २८ साउन । बेलायतमा बसोबास गरिरहेका राप्तीवासीहरुको वार्षिक भेटघाट हालै फार्नबरोमा सम्पन्न भएको छ ।

गत जुलाई ३० तारिखमा कोडी स्पेशल स्पोर्ट्स कलेजमा आयोजित कार्यक्रमको मानबहादुर बुढा, गोपाल थापा, रामधन श्रेष्ठ, बीरमान घर्ती, गगन थापा तथा डिल्लीबहादुर थापाले संयुक्तरुपमा उद्घाटन गर्नुभएको थियो ।

उपाध्यक्ष केशरमान रोकाले स्वागत गर्नुभएको सो कार्यक्रममा बोल्दै मानबहादुर बुढाले राप्ती समाज युकेले नेपाल तथा युकेमा गरेको रचनात्मक कामहरुको चर्चा गर्नुभयो । भेरी समाज युकेका अध्यक्ष गोपाल थापाले राप्ती समाज तथा भेरी समाजबीच एउटै साझा परम्परा र सांस्कृतिक धरोहर रहेको भन्दै आगामी दिनमा पनि संगै मिलेर काम गर्न आग्रह गर्नुभयो ।

13876154_1043950219023643_5660241665848491696_nअर्का वक्ता रामधन श्रेष्ठले समाजले आफुलाई अतिथिकोरुपमा निम्तो गरेकोमा खुसी व्यक्त गर्दै आफ्ना सदस्यहरुको हितकालागि समाजले गरिरहेका कामको प्रशंसा गर्नुभयो ।

नेपालबाट आउनुभएका समाजसेवी डिल्लीबहादुर खडकाले जुनसुकै जात, क्षेत्र र भाषाभाषी भएपनि सबै नेपालीहरु फरक फरक रङ्ग भएका फूलहरु जस्तै भएको बताउनुभयो । उहाँले ती फूलहरुलाई एकताको एउटै मालामा गाँस्न आवश्यक रहेको भन्दै त्यसकालागि समाजले गरिरहेको कामको प्रशंसा गर्नुभयो ।

13880250_1043946875690644_6787353033842932399_n
सो अवसरमा उल्लेख्य शैक्षिक प्रगति हासिल गरेका १४ जना बालबालिकाहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

समाजका अध्यक्ष हिक्मतसिं रोकाले ब्रिटिश सेनामा पदोन्नति भएका लाल राना, विकास श्रेष्ठ र प्रेम बुढालाई खादा लगाएर सम्मान गर्नुभएको थियो ।

नेपालबाट आउनुभएका चर्चित कलाकारहरु राधिका हमला, बिरु लामा, जुना शिरीष तथा थानेश्वर गौतमको प्रस्तुतिले कार्यक्रमलाई निकै रोचक बनाएको थियो ।

13770332_1043961992355799_364514798401762097_nकार्यक्रमको अन्त्यमा अध्यक्ष रोकाले समाजका गतिविधिहरुमा निरन्तर सघाउनुहुने तथा वार्षिक भेलालाई सफल बनाउन खटनुहुने सबैलाई हार्दिक धन्यवाद दिनुभएको थियो । उहाँले कार्यक्रममा प्रायोजन गर्नुहुने क्वालिटी सुपरस्टोरलाई पनि विशेष धन्यवाद दिनुभयो ।

उहाँले गत एकवर्षमा समाजले गरेका कामहरुको चर्चा गर्नुहुँदै समाजलाई अगाडि बढाउन सुझाव, सल्लाह र सकृय सहयोगकालागि सबै सदस्यहरुलाई आग्रह पनि गर्नुभयो । कार्यक्रममा बालबालिकासहित झण्डै ४०० जनाको सहभागिता रहेको थियो ।