१ कार्तिक २०८३, आइतबार

अभिनेता शाहरुख खान अमेरिकामा पक्राउ, हिरासतमा राखेर कडा सोधपुछ

4.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

लस एञ्जलस, २८ साउन । बलिउड अभिनेता शाहरुख खानलाई अमेरिकाको लसएञ्जलस एयरपोर्टमा अध्यागमन विभागका अधिकारीहरूले हिरासतमा लिएर सोधपुछ गरेका छन् । शाहरुख खानले ट्वीट गर्दै आफूलाई अमेरिकी सुरक्षाकर्मीहरूले हिरासतमा लिएको बताएका हुन् ।

शाहरुख खानलाई एयरपोर्टमा पक्राउ गरिएको यो भने पहिलो पटक होइन । उनलाई यसअघि पनि अमेरिकन सुरक्षा अधिकारीहरूले नियन्त्रणमा लिएर सोधपुछ गरिसकेका छन् । अमेरिकी सुरक्षाकर्मीले पक्राउ गरेर सोधपुछ गरिएकोमा शाहरुख खानले आक्रोश व्यक्त गरेका छन् । शाहरुख खान हाल अमेरिकामा छन् ।

‘विश्वमा सुरक्षालाई लिएर आज जुन अवस्था छ, त्यसलाई देखेर म सुरक्षा अवस्थाका विषयमा जानकार छु’, शाहरुख खानले भनेका छन्, ‘तर पटक पटक अमेरिकी अध्यागमन विभागद्वारा हिरासतमा लिएर सोधपुछ गर्ने कार्यले मलाई नराम्रो लाग्ने गरेको छ ।’

सोधपुछपछि रिहा भएका शाहरुख खानले हिरासतमा लिएर सोधपुछ गरिएको विषयलाई हल्का रुपमा उडाएको बताएका छन् ।

अप्रिल २०१२ मा ‘माई नेम इज खान’को रिलिज गर्नुअघि शाहरुखलाई न्यूयोर्क एयरपोर्टमा अध्यागमन विभागले हिरासतमा लिएर सोधपुछ गरेको थियो । दुई घण्टाको सोधपुछ पछि प्रहरीले छाडिदिएको थियो । – एजेन्सी