बार्सिलोना । नेवारी समाज स्पेनको दोश्रो स्थापना दिबस भब्य रुपमा सम्पन्न भएको छ । स्थापना दिबसको भेलाले अध्यक्षमा निलु अवाले श्रेष्ठलाई चयन गरेको छ ।
स्थापना भएको दुई बर्षपछि २३ सदस्यीय कार्यसमिति बनाउदै समाजले अध्यक्षमा निलु अवाले श्रेष्ठ, उपाध्यक्षमा सुन्दर ट्वाटी र पवन महर्जन, महासचिबमा दिपल शाक्य, सचिबमा अनिता श्रेष्ठ र सन्तोषी श्रेष्ठ, कोषाध्यक्षमा कृष्ण कुमार श्रेष्ठ चुनेको छ ।
त्यसैगरी सदस्यहरुमा देबेन्द्र श्रेष्ठ, सन्जु मास्के, महन्त महर्जन, सन्देश महर्जन, सुजिता श्रेष्ठ, बालकृष्ण महर्जन, मुकेश महर्जन, मुक्ति प्रसाद श्रेष्ठ, सिता सिंह, बिनय श्रेष्ठ, सुनिता रंजित तन्डुकार, लक्ष्मण शाही, सुगत खड्गी, ईश्वर श्रेष्ठ र राजेश महर्जन चयन भएको तदर्थ समितिका संयोजक सन्तोष श्रेष्ठले जानकारी दिए ।
समाजले ९ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । सल्लाहकार समितिमा मोहन बाबु नेम्कुल, सन्तोष श्रेष्ठ, निर्मल श्रेष्ठ, मान कृष्ण शाही, रबि श्रेष्ठ, अमृत श्रेष्ठ, नबिन श्रेष्ठ, बिष्णु भक्त महर्जन र राजु शाक्य रहेका छन् ।
दोस्रो स्थापना दिवसको अबसरमा बार्सिलोनामा बारबिक्यु कार्यक्रम समेत गरेको समाजले आकस्मिक राहत र सामाजिक हितमा खर्च गर्ने निर्णय गर्दै सामाजिक कोषको स्थापना गर्दै १ हजार ९२८ युरो समेत संकलन गरेको छ ।
बिश्व पासा पुच अर्गनाईजेसनको संयोजनमा तिहारको बेला युरोप आउदै गरेका कलाकारहरु संजिव प्रधान र नलिना चित्रकारलाई बार्सिलोनामा बोलाएर समाजले बिशेष साँस्कृतिक कार्यक्रम गर्दै तयारीका लागी केशरी नेम्कुल श्रेष्ठको सम्योजकत्वमा मा रबि श्रेष्ठ, सन्तोष श्रेष्ठ,कृष्ण कुमार श्रेष्ठ र सन्तोषी श्रेष्ठको समिती गठन गरेको छ ।
नेवारी समाजमा निकै महत्वका साथ हेरिने म्हः पुजा यसबर्ष पनि भब्य रुपमा सम्पन्न गर्ने निर्णय गर्दै तयारीका लागी अनिता श्रेष्ठको संयोजकत्वमा सदस्यहरु सुनिता रंजित तन्दुकर, संजु मास्के, सन्तोषी श्रेष्ठ, पूर्वा शाक्य, सुजिता श्रेष्ठ र सरिता महर्जन रहने गरी तयारी समिति गठन गरेको छ ।

















प्रतिक्रिया