नेकपा एमालेका नेता रघुजी पन्तले सरकार परिवर्तन र ब्यूरोक्रेसी सिस्टममा नहुँदा नेपालको विकास र समृद्ध हुन नसकेको बताएका छन् ।
एक टेलिभिजन अन्तर्वार्तामा उनले केपी ओलीले ल्याएका योजना पनि ब्यूरोक्रेसीको ढिलासुस्तीले द्रुत गतिमा अघि बढ्न नसकेको बताए । ‘नेपालमा मन्त्रीभन्दा सचिव शक्तिशाली छन् । तर, जिम्मेवार छैनन् । मन्त्रीको निर्देशन टेर्दैनन् ।’
अन्तर्वार्ताको मध्यसम्म ब्यूरोक्रेसीकाबारेमा बोलेका पन्तले त्यसपछि मधेसी दलमाथि प्रश्न उठाए । तराईमा भारतले ज्यादति गर्दा मधेसबाटै प्रतिनिधित्व गरेका दल केही नबोलेको नेपाली कांग्रेस पनि चुइक्क नबोलेको भन्दै मधेस आन्दोलन भारतकै डिजाइनमा सत्ताका लागि भएको बताए ।
सप्तरीको तिलाठी घटनाको उदाहरण दिँदै उनले भने– ‘मधेसको प्रतिनिधित्व गर्छाै भन्दै महिनौं आन्दोलन गर्ने, भारतले नेपालीलाई दुःख एक शब्द नबोल्ने ? यो भारतकै डिजाइन हो । सोही डिजाइनमा नेपालमा तुरुन्तै नागरिकता खोज्ने । आफ्ना छोरीलाई भारतले ७ वर्षसम्म नदिदा केही नबोल्ने । आन्दोलनका नाममा यो अति भयो । नेपालले विहे गरेर आएको भोलिपल्टै नागरिकता दिएको छ । अझै संविधान असमान भयो भन्ने ?’
सरकार र मधेसी मोर्चाबीच भएको नयाँ सहमतिबारे बोल्दै उनले अगाडि भने– ‘संविधान संशोधन प्रक्रियामा प्रमुख विपक्षी दलबाट हामीले चनाखोपूर्वक वाच गर्छाै । राष्ट्र, राष्ट्रियता, नेपाली जनताको हित र मधेसी जनताको हितमा मात्रै समर्थन गर्छाै ।’













प्रतिक्रिया