काठमाडौं, २८ साउन । लमजुङ सदरमुकाम बेसीसहर स्थायी घर भएका लमजुङे युवा बुद्धिसागर घिमिरे न्यूजिल्यान्डका लागि पर्यटन दूतमा नियुक्त हुनुभएको छ ।
नेपाल पर्यटन बोर्डले घिमिरेलाई बुधबार पर्यटन प्रवद्र्धनका लागि मानार्थ पर्यटन दूतमा नियुक्त गरेको हो । ११ जुलाई २०१६ देखि १० जुलाई २०१८ सम्म लागू हुनेगरी घिमिरेलाई बोर्डले दुई वर्षका लागि दूतमा नियुक्त गरेको हो ।
त्रिभुवन विश्वविद्यालयबाट माइक्रोबाइलोजीमा स्नातकोत्तर गर्नुभएका घिमिरेले बेलायतबाट वातावरण विज्ञानमा समेत एमफिल गर्नुभएको छ ।
गैरआवासीय नेपाली सङ्घ न्यूजिल्यान्डको कार्यसमितिमा दुई कार्यकाल काम गरिसक्नुभएका घिमिरेसँग नेपालको पर्यटन प्रबद्र्धनका लागि नेपाली नाइटलगायत विभिन्न कलचरल इभेंन्टहरु आयोजना गरेको अनुभव छ ।
पर्यटन दूत नियुक्त भएपछि प्रतिक्रिया दिँदै घिमिरेले न्यूजिल्यान्ड र नेपालबीच पर्यटनको विकास र विस्तारका लागि आफूले उच्चस्तरीय पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
संचारकर्मी समेत रहेका घिमिरेले न्युजिल्यान्डमा रहेका नेपालीहरुको गतिबिधिहरु बिश्वसामु पुर्याउने हेतुले www.nznepal.com र बिदेशीहरुलाई नेपाल बारे जानकारी दिने उदेश्यका साथ www.nznepal.net संचालनमा ल्याउनु भएको छ । घिमिरे एनआरएनएको संचार र पब्लिकेसन सम्बन्धि टास्क फोर्समा रहेर पनि नेपालको पर्यटन प्रबर्द्धनका लागि काम गरिरहनु भएको छ ।
















प्रतिक्रिया