१ कार्तिक २०८३, शनिबार

दाम्लोमा बाँधिएकी सृजनालाई अमेरिकाबाट ३५ हजार सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Srijana Karki Khadkaअमेरिका, २८ साउन । अमेरिका निवासी अर्जुनप्रसाद मैनालीले दाम्लोमा बाँधिएर बस्दै आएकी उदयपुरकी गर्भवती महिला सृजना कार्की खड्कालाई आर्थिक सहयोग गरेका छन् ।

मैनालीले सृजनाको उपचार र रेखदेखका लागि ३५ हजार रुपैयाँ पठाएको जनाएका छन् । उनले सहयोगका लागि पनि अमेरिकामा बसोबास गर्ने नेपालीहरूसँग अपील गरेका छन् ।

उदयपुर त्रियुगा नगरपालिका वडा नं ५ भातिखर्ककी २२ वर्षीया सृजना कार्की खड्का थोत्रो घर, मक्किएका बाँसका भाटाले बारबेर गरेर वृद्धा सासु ससुराको सहयोगमा बस्दै आएकी छिन् । उनका पतिले छाडेर भागपछि मानसिक अवस्था ठीक नभएकी सृजनालाई बाँधेर राखिएको हो ।

जताततै भ्वाङ, बाहिर छेउमा रहेको पुरानो खाट, त्यसमाथि दुवै हात बाँसको टाटीमा बाँधिएर बसेकी छ महिने गर्भवती सृजनाको तस्बिर र समाचार सार्वजनिक भएपछि सहयोग गर्नेहरूले चासो देखाउन थालेका छन् ।

सृजनाले अबको तीन महिनामा बच्चा जन्माउँदै छिन् । ‘उनको नियमित उपचार र बच्चा हुर्काउन केही सहयोग आवश्यक पर्न सक्छ’, मैनालीले भनेका छन्, ‘त्यस बखत म तपार्इ अमेरिकावासी नेपालीहरुमा सहयोगको लागि पुनः आब्हान गर्नेछु ।’

मैनालीले अमेरिकामा १ सय २२ पटक रक्तदान गरेर चर्चा कमाइसकेका छन् । उनी सामाजिक कार्यहरूमा सक्रिय हुँदै आएका छन् ।