१ कार्तिक २०८३, शनिबार

साउदी जेलमा रहेका रामचन्द्रलाई प्रवासी नेपाली मञ्च कुवेतको आर्थिक सहयोग

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramchandra-saudi-jail-1

कुवेत । प्रवासी नेपाली मञ्च कुवेतले साउदीको जेलमा रहेका नेपाली रामचन्द्र तिमल्सिनालाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

पाकिस्तानी नागरिक मारेको आरोपमा अदालतले ‘ब्लड मनी’ स्वरूप तीन लाख साउदी रियाल (करिब ९० लाख रुपैयाँ) मागेपछि बुझाउन नसक्दा जेल जीवन बिताइरहेका रामचन्द्रलाई जेल मुक्त गराउने उद्देश्यले अगष्ट पाँचमा बसेको प्रवासी नेपाली मञ्चको बैठकले १ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको उपाध्यक्ष युबराज गैरेले बताए ।

बिदेशमा राम्रो कमाएर घरबार चलाउने, ऋण तिर्ने र छोराछोरीलाई राम्ररी पढाउने सल्लाहले दुई वर्षअघि साउदी अरेबिया पुगेका काभ्रे कुशादेबी–२, घिमिरेगाउँका रामचन्द्र तिमिल्सना साउदीमा आफैले चलाएको ट्रकले हानेर पाकिस्तानी नागरिक मारेको आरोपमा बिगत १५ महिनादेखि जेल जीवन बिताइरहेका छन् ।