१९ कार्तिक २०८३, बिहिबार

लोडसेडिंग हटाउन माग राख्दै क्रान्तिकारीद्वारा विद्युत् कार्यालयमा तालाबन्दी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

talabandi-kanchanpur-1– मोहन विष्ट

कञ्चनपुर, २७ साउन । कञ्चनपुरलाई लोडसेडिङ्ग मुक्त घोषणा जिल्लाको माग राख्दै आएको अखिल क्रान्तिकारीले नेपाल विद्युत प्राधिकरण वितरण शाखा कार्यालय महेन्द्रनगरमा तालाबन्दी गरेको छ ।

अखिल क्रान्तिकारीले आफ्नो संगठनले उठाएको माग बारे विद्युत कार्यालय महेन्द्रनगरले वेवास्ता गरेको भन्दै विद्युत प्राधिकरण वितरण शाखा कार्यालय महेन्द्रनगरका प्रमुख महेन्द्र पाण्डेको कार्यकक्षमा तालाबन्दी गरेका हो ।

अखिल क्रान्तिकारीका सचिव विरेन्द्रराज विष्टले विद्युतको लापरबाही बिरुद्धमा बाध्य भएर प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको बताए । उनका अनुसार अनिश्चित कालका लागि तालाबन्दी गरिएको छ । कार्यालय प्रमुख महेन्द्र पाण्डेले विद्यार्थीहरुले उठाएका मागबारे जिल्ला तहभन्दा पनि केन्द्रबाट मात्रै सम्बोधन गर्न सकिने बताउदै आएपनि विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । तालाबन्दी भएपनि कार्यालयमा दैनिक काममा खासै बाधा परेको छैन् ।

क्रान्तिकारी विद्यार्थीहरुले विद्युतको चरम लार्पबाहीका कारण कञ्चनपुरबासी हैरान भएको बताएका छन् । विद्युतको लोडसेडिङ्ग अनियमित तथा छिन छिनमै विद्युत कटौनी लगायतको लार्पबाही बड्दै गएको आरोप लगाएका छन् । अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य नवराज ऐरले विद्युत कार्यालयको चरम लार्पबाहीका कारण यहाँ जनताको प्राकृतिक अग्राधिकार बञ्चित भएको बताए ।

विद्युत कार्यालयले अनेकन प्राविधिक बहाना देखाएर कञ्चनपुरका जनतालाई अन्धाकारमा बाँच्न बाध्य पारेको उनको भनाई छ । गत वर्ष पनि क्रान्तिकारी लगायत यहाँका नेवि संघ, अनेरास्ववियु, अखिल छैटौँ लगायतका विद्यार्थी संगठनहरुले लोडसेडिङ्ग बिरुद्ध लामो आन्दोलन गरेका थिए । विद्युत कार्यालय महेन्द्रनगरले कमिसनमा विद्युत बेचेर यहाँ बढि लोडसेडिङ्ग गरेको आरोप लगाउदै आएका थिए ।

क्रान्तिकारीले विद्युत कार्यालय संग भएका सम्झौता समेत कार्यान्वयन नभएको गुनासो गरेको छ । विद्युत कार्यालय कञ्चनपुरले भने, यहाँबाट लोडसेडिङ्ग घटाउन नसकिने र अनियमित लोडसेडिङ्ग नभएको दावि गरेको छ ।