१९ कार्तिक २०८३, बिहिबार

मुटुको चालसम्बन्धी रोगको उपचार सुरु

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mutuभक्तपुर, २७ साउन । भक्तपुरमा मुटुको चाल गडबडीसम्बन्धी रोगको उपचार सुरु हुने भएको छ ।

आज गठ्ठाघरमा हेल्दी हार्ट क्लिनिक एन्ड मल्टी स्पेसियालिटी सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा सेन्टरका अध्यक्ष एवम् मुटुको चाल गडबडीसम्बन्धी रोगको विशेषज्ञ डा रोशन राउतले यस प्रकारको सेवा सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– “मुटुको चाल गडबडीसम्बन्धी रोगको विशेषज्ञ सेवा प्रदान गर्न यस प्रकारको क्लिनिक सञ्चालन गर्दैछौँ, अब यो रोगका बिरामीले भौतारिँदै विभिन्न अस्पताल र विदेशमा जानु पर्दैन ।”

नेपालको गङ्गालाल अस्पतालबाहेक अन्यत्र यस प्रकारको सेवा नभएको बताउँदै उहाँले भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक र उपत्यकाका बिरामीलाई लक्षित गरेर क्लिनिक सञ्चालनमा ल्याउन लागेको जानकारी दिनुभयो ।

क्लिनिकका निर्देशक राम आचार्यले मुटुको चाल गडबडीसम्बन्धी रोगका साथै क्लिनिकले मुटुरोग, हेल्थ प्याकेजका रुपमा मुटु कै विभिन्न सेवा, जनरल मेडिसिन, मधुमेह, थाइराइड तथा हर्मोन, हाडजोनी तथा नशा रोग, प्रसूति तथा स्त्री रोग, बाल रोग, छाला रोग, आँखा रोग, पेट तथा नशाको भिडियो एक्सरे, एक्सरेलगायतका सेवा सञ्चालन गरिने जानकारी दिनुभयो ।
क्लिनिक आगामी शनिबारबाट सञ्चालनमा आउने भएको छ । रासस