१ कार्तिक २०८३, आइतबार

अभिनेत्री सनाको यसरी आयो कडा जवाफ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sana-Amin-Sheikh-HD-Wallpaperमुम्बई । टेलिभिजन सिरियल ‘कृष्णदासी’मा मुख्य भूमिका निभाएकी अभिनेत्री सना अमीन शेखले सिंदूर लगाएका विषयमा गैर मुस्लिमहरूले भन्ने गरेको टिप्पणीप्रति उनले मुसलमान समर्थकहरूलाई पेचिलो जवाफ दिएकी छिन् ।

‘कृष्णदासी’मा सनाले अभिनेत्रीको रुपमा एक हिन्दू युवतीको भूमिका निभाएकी छिन् । सोही कारण सनाले सिन्दूर लगाउनु परेको थियो ।

साथै उनले मंगलसूत्र पनि लगाएकी छिन् । सनाले सिरियलका केही तस्बिर फेसबुकमा राखेपछि विभिन्न प्रतिक्रिया आएका छन् ।

अभिनेत्री सनाका प्रसंशकहरूले उनलाई आरोप लगाउँदै भनेका छन्, ‘सना सच्चा मुसलमान होइनिन् किन कि उनले सिन्दूर लगाउने गरेकी छिन् ।’

सनाका एक प्रशंसकले ट्वीट गर्दै भनेका छन्, ‘तिमी एक मुस्लिम हौ । तर पनि सिन्दूर लगाउने गरेकी छौँ ।’

आफ्ना मुसलमान प्रशंसकलाई जवाब दिँदै सनाले फेसबुकमा लेखेकी छिन्, ‘यदि तपाईहरूलाई मसँग कुनै समस्या छ भने इंस्टाग्राम र अन्य सोशल साइटहरूबाट हट्न सक्नु हुन्छ ।’

सनाले अगाडि लेखेकी छिन्, ‘केही व्यक्तिले मलाई सोध्ने गरेका छन् । तिमी शूटिंगपछि घर जाने बेला पनि किन सिंदूर लगाउने गरेकी छौँ ? मंगलसूत्र किन लगाउँछौँ ? मैले उनीहरू भन्न चाहन्छु कि मैले जवसम्म नहाउँदिन तबसम्म सिन्दूर हट्न सक्दैन ।’ – एजेन्सी