१ कार्तिक २०८३, शनिबार

समाज सेवी राजा घले मानार्थ पर्यटन दूतमा नियुक्त

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Raja at Daura Shural-1 (1)– विजय थापा

वाशिंगटन डिसी । पर्यटनको विकाश एवम प्रवर्द्धनका लागि अमेरिकाको जर्जिया एटलान्टाका समाज सेवी तथा ब्यबसायी राजा घलेलाई नेपाल पर्यटन बोर्डले दक्षिण पूर्वी क्षेत्रका लागि मानार्थ पर्यटन दूतमा नियुक्त गरेको छ ।

उक्त पदमा घलेले दुई वर्ष काम गर्ने छन् । पुर्खौली घर ओखलढुंगा रुम्जाटार रहेको बताउने घले अमेरिकामा झण्डै दुई दशक देखि जर्जियामा बसोबास गर्छन । नव नियुक्त घले नेपाली समुदाय संग मात्र नभई अन्य संघ तथा संस्थामा त्यतिकै सक्रिय छन् ।

पर्यटन बोर्डले नियुक्त गरे पछि सामाजिक संजाल मार्फत पर्यटन बोर्डलाई धन्यवाद दिदै आफू उत्प्रेरित हुनु को साथै निकै उत्साहित भएको बताएका छन् ।

बोर्डले दिएको जिम्मेबारलाई कर्तब्यनिष्ठको साथ निभाउने प्रतिबद्धता जाहेर गरेका छन् ।

घले एक प्रतिष्ठित अन्तरराष्ट्रिय संस्था एसियन प्यासिफिक अमेरिकन काउन्सिल (एप्याक) को पूर्व महासचिब जस्तो गरिमय पदमा बसेर सिङ्गो राष्ट्र नेपाल र नेपालीहरुको प्रतिनिधित्व गरेका थिए ।

नेपाली समुदायमा ख्यातिप्राप्त संस्था नेपलिज एशोसियसन इन साउथ इस्ट अमेरिका नासाको पूर्व अध्यक्ष, एनआरएन आईसीसीका अमेरिकाका पूर्व आईसीसी सदस्य, एनआरएन।एनसीसी अफ यूयसएको सह–अध्यक्ष तथा भिजिट नेपाल २०११ को लागि अध्यक्ष भै योगदान पुरयाई सकेका छन् ।

यसै गरि केहि बर्ष अगाडी नेपाली व्यवसायी एवं समाज सेवामा सक्रिय रहेका राजा घलेलाई नेपालीहरुको संस्था नेप्लिज एशोसियसन अफ जर्जिया (न्याग)ले हीरो अफ द इयरको रुपमा सम्मान गरेको थियो ।

बिमान चालक बन्ने सपना बुनेर नेपाल बाट अमेरिका आएका घले बिमान चालक पनि हुन् । समाज सेवा गर्न रहर लाग्ने बताउने घले आफ्नो ब्यबसायमा पनि संलग्न रहेका छन् ।