१९ कार्तिक २०८३, बिहिबार

सीमा मिच्नेलाई जुनसुकै शक्तिलाई अब ठेगान लगाउँछौंः पहारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajib-pahari

काठमाडौं, २६ साउन । युवा संघ नेपालका अध्यक्ष राजीब पहारीले देशको सीमामा बिबाद मच्चाएर हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने जुनसुकै शक्तिलाई अब युवाहरुले ठेगान लगाउने बताएका छन् ।

बिराटनगरमा आज आयोजित अगुवा युवा प्रशिक्षण तथा नवप्रवेशी युवा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले दशगजा क्षेत्रमा एकलौटी गर्न खोजे हरेक युवाहरु देशको सीमा रक्षाको लागि सेना बन्न तयार रहेको बताए ।

नेपाली कांग्रेसको भारतीय चश्माले नेपाली जनताको बिचारको प्रतिनिधित्व गर्न नसक्ने उनको भनाई छ । बर्तमान प्रधानमन्त्री (प्रचण्ड)को गैरराजनीतिक चरित्र र अन्तर्राष्ट्रिय हिसाबमा रहेको खराब चरित्रका कारण नेपाली जनताको भबिस्य पछाडि धकेलिएको उनले आरोप लगाए । अब देश हाक्ने युवाहरु सबै युवासंघमा आबद्ध भएर राष्ट्रियता र सार्वभौमिकता रक्षाको लागि गोलबद्ध हुनुपर्नेमा उनले जोड दिए ।