१९ कार्तिक २०८३, बिहिबार

गर्भवती महिला ६ महिनादेखी दाम्लोमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Srijana-karki

उदयपुर २६ साउन । विवाह गरेर पतिले छाडेपछि उदयपुरको त्रियुगा नगरपालिकाकी एक गर्भवती महिला ६ महिनादेखि दाम्लोमा बाँधिएर बस्न बाध्यछिन् ।

मानसिक रोग लागेकी त्रियुगा नगरपालिका ५ भातिखर्ककी २२ बर्षिया सृजना कार्की (खड्का) उपचार अभावमा बाँधिएर बस्न बाँध्य भएकी हुन । गर्भवती भएको दुई महिनामा पति वेपत्ता भएको र माईती पक्षलेसमेत चासो नदिएपछि उनी विचल्नीमा परेकी हुन् ।

पतिले छाडेपछि बृद्ध सासु ससुरालाई बिरामी बुहारीको बोझ थपिएको हो । ससुरा भिमबहादुर खड्काले भने ‘छोरा कहाँ गयो अत्तो पत्तो छैन विरामी बुहारीको हामी बुढाबुुढीले कसरी स्याहार गरौं ।’

सिन्धुलीको लदाभिर गाविसबाट २०७० फागुनमा विवाह भई भातिखर्क आएकी खड्काको माईत पक्षलेसमेत कुनै चासो नदिएको ससुरा खड्काले बताए । छोरी विरामी भएको जानकारी गराउँदासमेत माईती पक्ष हेर्न र विरामीको बारेमा बुझन नआएको ससुराले गुनासो पोखे ।

उनले भने ‘बुहारी विरामी भएको यत्रो दिन भयो तर जन्म दिने बुबा, आमा त भेट गर्न आउनु पर्ने हो उनीहरु पनि आएका छैनन ।’ ०७१ जेठमा पाटन अस्पताल गएर चेक जाँच गराएकोमा नियमित चिकित्सकको निगरानीमा औषधि सेवन गर्नु भनेको थियो तर आर्थिक अभाव भएकाले पुनः पाटन लान नसकिएको उनले बताए ।

गर्भवती महिला त्यसमापनि खुट्टामा ठु्लो चोट लाग्दा उपचारमा समस्या भएको चिकित्सकले बताएकाछन् । उनको खुट्टाको घाउँ जटिल बन्दै गएको छ । आर्थिक अभावकै कारण उपचारमा समस्या भएको ससुरा खड्काको भनाई छ ।

गर्भवतीको अबश्था जटिल बन्दै गएपछि स्थानीय संघसंस्थाको सहयोगमा उनलाई उपचारका लागि बुधबार जिल्ला अस्पताल ल्याइएको छ ।