१ कार्तिक २०८३, शनिबार

जापानमा नेपाल डे फेस्टिवल भव्य रुपमा सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

13653116_227570574309866_2175634281865790758_oजापान । नेपाल डे फेस्टिवल २०१६ भब्य सफल भएकोमा आयोजक एन आर जापान, जापानवासी सम्पूर्ण संघ संस्था तथा नेपालीहरुलाई वर्ल्ड नेवाः अर्गनाईजेशनलाई बधाई तथा धन्यवाद दिएका छन् ।

अत्याधिक नेपालीहरुको सहभागिता रहेको कार्यक्रम हर्ष उल्लासले सम्पन्न भएको वर्ड नेवाः अर्गनाईजेशन जापानका प्रतिनिधि रामभक्त जोशीले आयोजक कमिटीलाई बधाई तथा धन्यवाद दिए ।

यस वर्षको कमिकमजोरीलाई हटाई अर्को वर्ष नेपाल डे फेस्टिवलको मन्चमा सकेसम्म नेपाली संस्कृति झल्कने कार्यक्रम गर्न सकेमा सुनमा सुगन्ध हुने अर्गनाईजेशनका प्रतिनिधि कृष्ण बदन जोशीले बताए ।

अगस्त ६ र ७ तारिख दुई दिवसीय नेपाल डे फेस्टिवलमा वर्ल्ड नेवाः अर्गनाईजेशन जापानद्वारा प्रस्तुत गरिएको नेवार भेष भुषा र सांस्कृतिक कार्यक्रम उल्लासमय रुपमा सम्पन्न भएको छ ।

लाखे, झ्यालिंचा नाच, तायमचा नाच, नेवार बाजागाजा, कुमारी तथा नेवार भेष भुषाको प्रस्तुतिले नेपालको जात्रा जस्तै भरपुर मनोरंजन दिलाएको थियो ।