११ कार्तिक २०८३, बुधबार

पैसा तिर्न नसक्दा साउदीको जेलमा यी नेपाली जीवनमरणको दोसाँधमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jailकाठमाडौं, २६ साउन । बढी समय बाँच्ने चाहना कसलाई हुँदैन ? धेरै कमाएर जीवन सुखी बनाउने सपना देख्दै साउदी अरब पुगेको सात नेपाली त्यहाँको जेलमा जीवनमरणकै दोसाँधमा छन् ।

सडक दुर्घटनामा ज्यान लिएको अभियोगमा मृत्युदण्ड सुनाइएका उनीहरु साउदी जेलमै जीवनको आशा पालेर बाँचिरहेका छन् । नागरिक दैनिकले समाचार छापेको छ ।

मृत्यु भएका परिवारलाई ‘ब्लडमनी’ बुझाउन सके उनीहरुले अरु समय बाँच्न पाउँथे । जीवनको भिख मागे पनि राज्यले चासो दिएको छैन । बाँच्न पाइने आशा भने अझै मरिसकेको छैन उनीहरुमा ।

नेपाली साझा मञ्चका अनुसार दुर्घटनाका कारण मारिएका मृतकका परिवारमध्ये केहीले ब्ल्डमनी माफी दिँदा समेत पहल गरिदिने निकाय नहुँदा जेलमुक्त हुन पाएका छैनन् ।

कतिपयले आफन्तमार्फत नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा हारगुहार गरेपनि सरकारी पक्षले चासो दिएको छैन ।

मञ्चले पीडितको तत्काल उद्धारका लागि पहल गर्न नेपाल सरकारसमक्ष आग्रह गर्दै सबैबाट पीडितहरुको उद्धारमा सहयोग गर्न अपील गरेको छ ।

सडक दुर्घटनामा बंगलादेशी नागरिकको मृत्युको कारक बनेका सुरेश मण्डल मृतकका परिवारले मागेको ५ लाख टाका (६ लाख ८० हजार रुपैैयाँ) पनि तिर्न नसक्दा अलहमा जेलमा छन् ।

धनुषा पुष्पवलपुर १, रतनपुरका सञ्जीवकुमार यादव साढे दुई वर्षयता जेलमा छन् ।