१९ कार्तिक २०८३, बिहिबार

नेविसंघ महाधिवेशनस्थलमा झडप, प्रहरीसँगै भिडे विद्यार्थी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kundan-kafle-samuh.jpg

काठमाडौं, २५ साउन । नेपाल विद्यार्थी संघ (नेविसंघ)को महाधिवेशनस्थल भृकुटीमण्डपमा झडप भएको छ ।

प्रतिनिधी छनोटको विषयमा विवाद भएपछि तत्काल विवाद समाधान गरी बन्दशत्र सुरु गर्न माग राख्दै आएका कुन्दन अर्याल समूहका केही विद्यार्थीलाई प्रहरीले रोक्ने प्रयास गरेपछि झडपको अवस्था सिर्जना भएको हो ।

झपडमा परि दई जना सामान्य घाईते भएको कृष्ण सिटौला प्यानलबाट अध्यक्षका उम्मेदवार कुन्दन काफ्लेले बताए । आक्रोशित विद्यार्थीहरू अर्को समूहमाथि जाईलाग्न खोज्दा रोकेपछि प्रहरीसँगै भिड्न खोजका थिए । तर, प्रहरीले लाठी चार्ज गरि स्थितीलाई नियन्त्रणमा लिएको छ ।
यो समूहले बन्दशत्र शुरु हुनुभन्दा पहिला ११ जिल्लाको प्रतिनिधी विवाद टुंगो लगाउनुपर्ने माग राखेको छ ।