– नरेन्द्र कार्की
दार्चुला, २५ साउन । पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सुदूरपश्चिमबाट तीन जना मन्त्री भएका छन् । सोमबार गरेको मन्त्रिपरिषद् विस्तारसँगै सुदूरपश्चिममा मन्त्रीको संख्या तीन पुगेको हो ।
नेकपा संयुक्तबाट जयदेव जोशीले सोमबार सपथ लिएसँगै सुदूरपश्चिमबाट मन्त्री हुने संख्या तीन पुगेको हो । जोशी तीन सांसद भएको नेकपा संयुक्त पार्टीका संसदीय दलका नेता हुन् । उहाँको घर दार्चुलाको रिठाचौपाता वडा नम्बर २ मैखोली हो । विना विभागीय मन्त्रीको रुपमा सपथ ग्रहण उहाँले गर्नुभएको छ । जोशी संविधान सभाका समानुपातिक सांसद हुन् । जोशी मन्त्री बनेपछि उहाँको गृह जिल्लामा समेत खुसीयाली मनाइएको छ । भने उहाँको गाउँले एवं शुभचिन्तकहरु खुसी भएका छन् । दार्चुलाबाट दुई संविधान सभा निर्वाचनमा मन्त्री हुने पहिलो व्यक्ति भएका छन् ।
यसअघि सुदूरपश्चिमको कञ्चनपुर ४ का रमेश लेखकले भौतिक योजना तथा निर्माण मन्त्रीको जिम्मेवारी पाएका छन् । लेखक नेपाली कांग्रेसका नेता हुन् । यस्तै कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद गौरीशंकर चौधरी कृषि मन्त्री बनेका छन् । चौधरी नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका हुन् । थारु समुदायबाट मन्त्री बनेका चौधरी माओवादी लडाकुका पूर्व विग्रेड कमान्डर पनि हुन् ।













प्रतिक्रिया