वाशिंगटन डिसी । वाशिंगटन डिसी महानगर क्षेत्रमा धर्म र संस्कृतिको रक्षा गर्ने मूल नाराको साथ स्थापना भएको डिसी नेपाली समाजले बिगतका वर्षहरुमा झैँ यस पटकको जनैपूर्णिमा मनाउन तयारीमा जुटेको छ ।
संस्थाको तर्फबाट सामाजिक संजालमार्फत डिसी महानगर क्षेत्र सेरोफेरोका श्रद्धालु भक्तजनहरुका लागि निमंत्राना गरेको छ । अगस्त १८ तारिख बिहीबार जनैपूर्णिमा वैदिक विधिअनुसार जनै तथा रक्षाबन्धन पूजन एबम् धारणको कार्यक्रम बिहान ७ बजे देखि साँझ ७ सम्म चल्ने जनाएको छ ।
क्वाँटी तथा फलाहार पनि खुवाउने व्यवस्था गरिने भएको जानकारी समाजका उपाधक्ष्य दधिराम ढुंगानाले दिएका छन् ।
डिसी महानगर क्षेत्रका पण्डित राजेन्द्र खनालले आउने सबैलाई जनै लगाई दिनुको साथै रक्षाबन्धन पूजन तथा अन्य पूजा अर्चना गर्ने छन् ।
















प्रतिक्रिया