गान्तोक । गान्तोकमा लेप्चा जातिको महानपर्व टेण्डोङ् ह्लो रुम्फात सोमबार मार्चकको छुर्तेन प्राथमिक स्कूलको प्रङ्गणमा मनाइएको छ ।
मार्चक लेप्चा समाज सेवा संघ (मार्चक मुतञ्ची मिमोङ् मोङ्गजूम) द्वारा आयोजित कार्यक्रममा विद्युत विभाग पाकिम डिभिजनका डीई विमल काफ्ले मुख्य अतिथि थिए । कार्यक्रम बिहान बजी टेण्डोङ पूजाको साथ आरम्भ भएको थियो ।
टेण्डोङ् पूजा बुङ्थिङ दावा टी. लेप्चाको नेतृत्वमा भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै आयोजक समितिका प्रचार सचिव सीडी लेप्चाले टेण्डोङ् ह्लो रुम्फातको महत्त्वबारे लेप्चा र नेपाली भाषामा प्रकास पारे ।
आफ्नो सम्बोधनमा मुख्य अतिथि काफ्लेले प्रकृति पूजा कलियूगमा मात्र नभएर युगौंदेखि चलेर आएको मान्न सकिने बताए ।
उनले भने, ‘टेण्डो ह्लो रुम्फात लेप्चा जातिको मात्र नभएर सबै जात–जातिको हो । लेप्चा जातिको इतिहास बनावट नभएर एक ऐतिहासिक सच्चाइ भएको बताउँदै भने युवाहरूले यस विषयमा गहन अध्ययन गर्नु पर्नेछ। संसारका सबै धर्मावलम्बीहरू प्रत्यक्ष या अप्रत्यक्ष रूपमा प्रकृतिको पूजा गर्छन् ।’
कार्यक्रममा सांस्कृतिक नृत्यहरूको प्रतियोगिता पनि राखिएको थियो । यस अवसरमा साम्लिक नाम्लीका जिल्ला पञ्चायत बनिता राई, सभापति लाक्पा छिरीङ लेप्चा, कर्मा छिरीङ भोटिया, सीडी लेप्चा साथै अन्य श्रद्धालुहरूको उपस्थिति रहेको थियो ।
















प्रतिक्रिया