१९ कार्तिक २०८३, बिहिबार

नवनियुक्त महान्यायाधिवक्ताद्वारा पदबहाली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahanyadiswakta

काठमाडौँ, २४ साउन । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा नवनियुक्त महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ लिनुभएकोे छ ।

राष्ट्रपति भवन, शीतल निवासमा आज आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश सुशीला कार्कीले महान्यायाधिवक्ता श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

समारोहमा सभामुख ओनसरी घर्ती, संवैधानिक अङ्गका प्रमुख, नेपाल सरकारका सचिव र सुरक्षा निकायका प्रमुखहरूको सहभागिता थियो ।

यसअघि आजै प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति भण्डारीले श्रेष्ठलाई नियुक्त गर्नुभएको थियो । महान्यायाधिवक्ता सरकारका कानुनी सल्लाहकार हुन् । श्रेष्ठ नेपाल बार एसोसिएसनका पूर्वमहासचिव हुनुहुन्छ । रासस