काठमाडौं, २४ साउन । नेपाल विद्यार्थी संघकी नेतृ साधना घिमिरेले कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेर आफ्नो प्रचार–प्रसारलाई तीव्र बनाएकी छिन् ।
नेविसंघ पद्म कन्या क्याम्पस ईकाईकी अध्यक्ष समेत रहेकी साधनाले विद्यार्थी आन्दोलन पुगाएको योगदानका कारण पनि प्रतिनिधिहरूको रोजाइमा आफू पर्ने बताउँछिन् । ‘विद्यार्थी आन्दोलनमा अग्रपंक्तिमा रहेर सधैँ संघर्ष गरेकी छु’, साधनले भनिन्, ‘युवा पुस्ताको नेतृत्वका लागि कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेकी हुँ ।’
सबै विद्यार्थी नेता र प्रतिनिधिहरूको मायाले आफू कोषाध्यक्षमा निवार्चित हुने दाबी गरेकी विद्यार्थी नेतृ साधनले भनिन्, ‘जित्छु भन्ने आत्मविश्वासका साथ मैदानमा उत्रिएकी हुँ । कोषाध्यक्ष पदमा को–को उम्मेदवार छन् मलाई थाहा छैन । मैले जित्छु भन्ने विश्वास छ ।’
‘समृद्ध राष्ट्र निर्माणका लागि संविधान कार्यान्वयन, गणस्तरीय र सर्वसुलभ शिक्षाका लागि एघारौँ महाधिवेशन’ भन्ने मुल नाराका साथ आइतबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको ११औँ महाधिवेशनमा साधना घिमिरे छात्र सरह उम्मेदवारी घोषणा गरेर प्रतिस्पर्धाको मैदानमा उत्रिएकी हुन् ।
युवा नेतृ साधना पद्म कन्या क्याम्पसको स्ववियुको कोषाध्यक्ष समेत रहिसकेकी छिन् ।












प्रतिक्रिया