१९ कार्तिक २०८३, बिहिबार

नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-and-US-Army

काठमाडौं, २४ साउन । नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम सोमबारदेखि सुरु भएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार नेपाली सेनाको विशेष तालिम प्राप्त छाउनीस्थित श्री महावीर गण (रेञ्जर) र अमेरिकी सेनाको स्पेशल फोर्स बीच छाउनीमा तालिम सुरु भएको हो । यो तालिम विभिन्न चरणमा पुरा हुनेछ ।

श्री महावीर गण (रेञ्जर) हे.क्वा., छाउनी र श्री प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालय, अमलेखगन्ज र पोखरा ईलाकामा करिब दुई महिनासम्म संचालन हुने उक्त तालिममा विशेष अप्रेशनसँग जोडिएका विभिन्न साहसिक र जोखिमपूर्ण अभ्यास सम्मिलित छन् ।

यो तालिममा सहभागी हुन् पूर्व संयुक्त राज्य अमेरिकी टोली साउन २१ गतेसम्म आवश्यक तालिम सामाग्रीसहित नेपाल आईपुगेको थियो ।

दुई देश बीचका सैनिकहरु सहभागी भई संचालन हुने यस किसिमको संयुक्त तालिम तथा अभ्यासबाट नेपाली सेना र अमेरिकी सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान गर्न सहयोग पुग्नुको साथै नेपाली सेनाको अन्य सैनिक संगठनहरुसंग सहकार्य गरी सैनिक कारवाही संचालन गर्न सक्ने क्षमतालाई समेत अभिबृद्धि गर्न विशेष सहयोग पुग्न जाने नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले बताए ।

यस किसिमको संयुक्त तालिम र अभ्यासबाट दुई देशका सेनाको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ एवं सौहार्द बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।