१९ कार्तिक २०८३, बिहिबार

वन, पर्यावरण तथा बन्यजन्तु संरक्षण गर्नका लागि ३५ बुँदे कार्ययोजना

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ban-kanchanpur

– मोहन विष्ट

महेन्द्रनगर, २४ साउन । सामुदायिक वन समन्वय समिति कञ्चनपुरले वन, पर्यावरण तथा बन्यजन्तु संरक्षण गर्नका लागि ३५ बुँदे कार्य योजना अघि सारेको छ । सोमबार १२ औँ साधारण सभा मार्फत वन, पर्यावरण तथा बन्यजन्तु संरक्षण गर्नका लागि ३५ बुँदे कार्य योजना अघि सारेको हो ।

साधारण सभामा सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेश दत्त जोशीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष २०७३–०७४ का लागि उक्त कार्ययोजना प्रस्तुत गरेका थिए ।

अध्यक्ष जोशीले सामुदायिक वनहरुको संरक्षण सम्बर्द्धन तथा सदुपयोगका साथै वनमान आश्रित विपन्न समुदायको दिगोजिविकोपार्जनका लागि कार्यक्रम संचालन गरिने बताए । खुल्ला चरिरचनका कारण वन नास भएको भन्दै छाडा पशु व्यवस्थापनमा जोड दिए । सामुदायिक वनमा पुनःउत्पादनका बृद्धि गरि संरक्षण नमुना गाँउको रुपमा कृष्णपुर–२ वाणि मुक्त कमैयाबस्तीलाई विकास गरिएको बताए । अध्यक्ष जोशीले जैविक विविधता संरक्षण भएको भन्दै लालझाडी क्षेत्रमा पाटेबाघको समेत आवागमन भएको बताउदै, लालझाडी क्षेत्रमा वन संरक्षण भएको दावि गरे ।

सामुदायिक वन, पर्यावरण, बन्यजन्तु संरक्षणका थुप्रै कार्यक्रम संचालन गरिएको बताउदै, अध्यक्ष जोशीले कृष्णपुर क्षेत्र विगत भन्दा हालका बर्षहरुमा हरियाली भईरहेको बताए । शुन्य चरिचन क्षेत्र घोषणा गरेर वन, पर्यावरण तथा बन्यजन्तुहरुको संरक्षणमा योगदान पुगेको उनको भनाई छ । जिल्ला बन कार्यालय कञ्चनपुरका जिल्ला बन अधिकृत शिव प्रशाद शर्माले लोपोन्मुख विजयशालको बिरुवा रोपेर साधारण सभाको उद्घाटन गर्दै वन संरक्षणमा सामुदायिक वनको अहमभूमिका रहेको बताए ।

वन संरक्षणमा यस्तै सामुदायको समेत पहल हुनुपर्नेमा जोड दिए । सामुदायिक वन समन्वय समितिका सदस्य खेमराज पाण्डेले वन संरक्षणका लागि खुला चरिचरनका साथै चोरी तस्कारी नियन्त्रणमा जोडदिए । जिल्लाको कार्य योजना निर्माण गरेर बन संरक्षण गर्नुपर्नेमा उनको सुझाव छ । सामुदायिक वन समन्वय समितिले जिल्लाभरीका सामुदायिक वनहरुलाई संगठित गरेर बन संरक्षण गर्नुपर्ने बताए । साधारण सभामा सामुदायिक वन समन्वय समितिका सचिव नरेश राज भट्टले लेखा तथा बार्षिक बजेट प्रस्तुत गरे । सचिव भट्टले प्रस्तुत गरेर लेखा प्रतिवेदनमा संरक्षणका लागि विभन्न कार्यक्रम संचालन गर्नका लागि आगामी आर्थिक बर्ष २०७३-०७४ का लागि एक करोड, ६७ लाख, ९२ हजार बराबरको बजेट प्रस्तुत गर्नुभयो । कार्य योजना अनुसार उक्त बजेट खर्च गरिने छ ।

यसैविच सामुदायिक वन समन्वय समितिले तीन सामुदायिक वनलाई संरक्षण पुरस्कार प्रदान गरेको सामुदायिक वन समन्वय समितिका महासचिव शिवदत्त पन्तले बताए । जनहित महाकाली प्रथम, समावेसी द्वितिय र जयदुर्गा समुदायिक वन तितृय निर्धारण गर्दै उनीहरुलाई क्रम्म एक हजार पाँच सय, एक हजार र पाँच सय पुरस्कार वितरण गरिएको हो । विभिन्न सामुदायिक वनलाई सदस्यताको प्रमाण पत्र समेत वितरण गरिएको थियो । कार्यक्रममा विभिन्न सामुदायिक वनका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

बार्षिक कार्ययोजनामा के के छ ?

सामुदायिक वन समन्वय समितिले वन, पर्यावरण तथा बन्यजन्तु संरक्षण गर्नका लागि ३५ बुँदे कार्य योजना यस्तो सारेको छ । कञ्चपुरका सामुदायिक विकास तथा पदाधिकारीहरुको क्षमता विकासका लागि सामुदायिक वनहरुको संरक्षण गरि जैविक विविधता संरक्षणमा विभिन्न कार्यक्रम संचालन गरिएको जनाएको छ । कञ्चनपुरका छाडा तथा बेवारिसे पशु व्यवस्थापनका लागि नवदुर्गा सामुदायिक वन शकरपुर ९मा पशुआश्रमको क्षेत्र विस्तार गरिने छ ।

बहुबर्षिय नर्सरी स्थापना गरि विभिन्न प्रजातिका एक लाख बिरुवा बृक्षारोपण, चरिचरन नियन्त्रण भएका १० सामुदायिक वनमा ‘एक वन एक नमुना कार्यक्रम संचालन गरिने छ ।’ वधुवा पशुपालनका लागि पाँच सय सिमेन्टका डुण निर्माण गरेर वितरण, पशु व्यवस्थापन तालिम र नश्ल सुधारका साथै पशु व्यवसायिकरण गर्नका लागि चराकाट्ने मेसिन खरिदका लागि सहकारी मार्फ ऋणका कार्यक्रम संचालन गरिने छन् ।
वन डडेलो नियन्त्रणका लागि ५० किलोमिटर अग्नीरेखा निर्माण, विद्यार्थीहरुकलाई संरक्षणमा सहभागिता गराउनका लागि २५ विद्यालयमा ईकोक्लब गठन, वनमा हुने अवैध गतिबिधी नियन्त्रणका लागि ४५ सामुदायिक वनमा सिबिएपियू गठन, बन हेरालाहरुको संचयकोष खडा गरिने छ ।

बन्यजन्तुहरुको वासस्थानका विस्तार गर्नका लागि पाँच सामुदायिक वनमा पानी पोखरी निर्माण र १५० हेक्टरमा झाडी व्यवस्थापन गरेर घाँसे मैदान विस्तार, सिस्ने क्षेत्रको संरक्षण गरिने छ । १० सामुदायिक वनमा विजयसाल संरक्षण कार्य योजना विस्तार, जलवायु परिर्वतन बारे समुदायमा अन्तरक्रिया, नदि तटिय क्षेत्रमो संरक्षणका लागि वृक्षारोपण, वनमन दायराको चाप घटाउनका लागि एक सय घरधुरमा गोबर ग्याँस र दुई सय घरधुरमा सुधारिएको चुलो जडान गरिने छ ।

वैकल्पिक उर्जा प्रर्बद्धनका लागि सोलार जडान गर्नका लागि सहकारी मार्फत सहुलियत ऋण, ५० उपभोक्ताहरुलाई सिपविकास तालिम, एक सय घरधुरीलाई आर्य आर्जनका लागि ऋण सहयोग, विपन्नमुखी कार्यक्रममा लागि सहकारी मार्फत घुम्तीकोष परिचालन गर्ने, ३० घरधुरीलाई सहयोग बेमौमसी तरकारी खेतीतर्फ उन्मुख, बन्यजन्तु र मानव विच हुने द्वन्द्व न्यूनिकरणका लागि बन्यजन्तु क्षति राहत कोषमा पाँच लाख थप गरिने छ । विपन्न तथा जेहेन्दार छात्रवृतिका लागि दुई लाखको कोष स्थापना गरिने छ । संरक्षणमा युवाहरुको सहभागिता लागि ६स्थानमा संरक्षण शिक्षा, युवा सचेतना केन्द्र तथा युवा स्वास्थ्य क्लिनिक संचालन गरिने छ । ४०सामुदायिक वनमा शुसासन अभ्यास संचालन, लालझाडी क्षेत्रमा रहेका प्रस्तावित सामुदायिक वनहरुलाई दर्ता गर्नका लागि पहल गर्ने र सबै सामुदायिक वनलाई समन्वय समितिमा आबद्ध गराउने, क्षमता अभिबृद्धिका लागि विभिन्न कार्यक्रम संचालन गरिने छ । सामुदायमा भौतिक पुर्वाधार कलभर्ट निर्माण गरिने छ । थप २०सामुदायिक वनमा खुला चरिचरन नियन्त्रण गरिने छ । साझेदारी मार्फत वन संरक्षणका कार्यक्रम अघि बढाईने छन् ।