१९ कार्तिक २०८३, बिहिबार

अध्यक्ष ओली र जापानी राजदूत ओगावाबीच भेटवार्ता

12.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oli-meeting-japanes-ambessor

काठमाडौं, २४ साउन । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि जापानका राजदूत मासाशी ओगावाबीच भेटवार्ता भएको छ ।

सोमबार एमाले मुख्यालय धुम्वाराहीमा भएको भेटमा उहाँहरुबीच द्धिपक्षीय सम्बन्ध र नेपालको राजनीतिक घटनाक्रमका विषययमा छलफल भएको ओलीको निजी सचिवालयले जनाएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि प्रमुख प्रतिपक्षी दलका नेताका हैसियतमा रहेका विकासप्रेमी नेता ओलीसँग पछिल्लो समय विभिन्न देशका राजदूतले लगातार भेटिरहेका छन् ।

यसअघि आइतबार भारतीय राजदूत र शुक्रबार चिनियाँ राजदूतले ओलीलाई भेटेका थिए ।